विवादका बीच सकियो थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन, अध्यक्षमा सन्तकुमार थारु

tharu mukti morcha

थारु राष्ट्रिय मुक्ति मोर्चाको तुलसीपुरमा भएको तेस्रो राष्ट्रिय सम्मेलनमा चर्को विवाद भएको छ। विवाद उत्पन्न भएपछि बैठकमा सहभागी प्रतिनिधिहरु घर फर्किएका छन्।

दुई दिनदेखि तुलसीपुरको वस्टर्न प्यालेसमा जारी सम्मेलन आइतबार दिनभरि समापन हुनुपर्नेमा आइतबारको बन्द सत्र नै सुरु नहुँदै अध्यक्ष मण्डल र निर्वाचन कमिटी हल छोडेर घरतर्फ लागेका छन्।

आयोजक, दाङ, बाँके र बर्दिया जिल्लाका अध्यक्ष र मार्चाका ८० जना प्रतिनिधिहरुले सम्मेलन बहिस्कार गरेका छन्। उनीहरुले बन्द सत्रले गरेका कुनै पनि निर्णय नमान्ने घोषणा गरेका छन्। विवाद उत्पन्न भएपछि राष्ट्रिय सम्मेलनले अध्यक्षबाहेक अरु कुनै पनि पदको चयन गर्न सकेको छैन। अध्यक्षमा बर्दियाका निर्वाचित सांसद् सन्तकुमार थारू निर्विरोध निर्वाचित भए।

असन्तुष्ट समुहले आइतबार राष्ट्रिय सम्मेलन चरिरहलको स्थान वस्टर्न प्यालेसमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनको बन्द सत्रमा विधि र प्रकृया विपरित सञ्चालन गर्न खोजिएको, प्रतिनिधिहरुलाई छलफलमा सामेल हुन नदिएको।

माइक खोसेको, होहल्ला गर्दै हलबाट बाहिरिएको जस्ता आरोप लगाएका छन्। राष्ट्रिय मोर्चाका फ्याक्सन इन्चार्ज जगप्रसाद शर्मा (अपार)ले तानाशाही प्रवृति देखाएको पत्रकार सम्मेलनमा आरोप लगाइएको छ। सम्मेलनलमा सहभागी प्रतिनिधिहरुलाई छलफल गर्ने अवसरसमेत नदिएको असन्तुष्ट पक्षले आरोप लगाएका छन्।

दुई सय ३५ जना प्रतिनिधि सहभागी बन्दसत्रमा लोकतान्त्रिक पद्धतिअनुसार छलफल गरेर नयाँ नीति र नेतृत्व चयन गर्नुपर्ने भए पनि अध्यक्ष मण्डलले छलफलको अवसर नदिएकोमा उनीहरुले आक्रोश ब्यक्त गरेका छन्।

पत्रकार सम्मेलदनमा बोल्दै असन्तुष्ट पक्षका दूर्गाबहादुर थारुले अपारले तानाशाही प्रवृति देखाएको र बीचमै बन्दसत्र समापन नगरेर भागेकाले बन्द सत्रलाई निरन्तरता दिएर लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिनुपर्ने माग गरे। अन्यथा तत्काल अर्को सम्मेलन आयोजना नेतृत्व घोषणा गर्न बाध्य हुने असन्तुष्ट पक्षले चेतावनी दिएको छ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा निर्वाचन मण्डलले संगठनात्मक सिद्धान्त र विधि बिपरित प्यानल प्रस्तुत गरेकाले सम्मेलनको बन्दसत्र बहिस्कार गरिएको घोषणा उल्लेख छ।

patraa

Leave a Reply

Your email address will not be published.