गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको महाधिवेशन वैशाख २० देखि

Bijay Gachhdarविजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले महाधिवेसन वैशाख तेस्रो साता हुने भएको छ। सत्ता साझेदार उक्त पार्टीको महाधिवेशन बैशाख २०–२२ गते बिराटनगरमा हुन लागेको प्रचार समितिका संयोजक डा. सुबोधराज पोखरेलले बताए।
‘आगामी बैशाख २०–२२ गते बिराटनगरमा पार्टी महाधिवेसन गर्ने निर्णय गरेका छौं’ पोखरेलले भने, ‘त्यसको तयारीमा पार्टीको सम्पुर्ण पंक्ति लागि परेको छ ।’ उनका अनुसार महाधिवेसनका लागि प्रतिनिधि चयनका काम धमाधम हुदैछन्।

उपेन्द यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालसँग बिभाजित भएर बनेको उक्त पार्टीका अध्यक्षमा गच्छदार रहदैँ आएका छन्। वैशाख तेस्रो साता हुने उक्त महाधिवेसनले नयाँ नेतृत्वको चयन, पार्टीका भावी रणनीति र कार्यक्रमहरु तय गर्नेछ।

Leave a Reply

Your email address will not be published.