उपराष्ट्रपतिपुत्र दिपेश पुनले भने- सिके राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्छ

देश खिण्डनको घोषित अभियानमा रहेका सिके राउतको बुधबार एबिसी टेलिभिजनले लिएको अन्तरवार्तालाई लिएर उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले कडा आपत्ति जनाएका छन्। देश टुक्र्याउनुपर्छ भनेर अन्तरवार्ता दिने राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने र अन्तरवार्ता लिने टेलिभिजनमाथि समेत कारवाही गर्नुपर्ने उपराष्ट्रपति पुत्र पुनले प्रतिक्रिया दिएका छन्।

Dipesh Pun and Ck raut

पुनले बिहीबार आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘सिके राउतले हाकाहाकी देश टुक्र्याएर अर्को देश बनाउछौं भन्दा पनि हामी देश सम्झेर चुपचाप सुनिरहनुपर्ने यो कस्तो लोकतन्त्र ? यो कस्तो अभिव्यक्ति स्वतन्त्रता ? म प्रधानमन्त्री/गृहमन्त्री वा सुरक्षा प्रमुख हुन्थें भने साला यो देशद्रोहीलाई सिधै इन्काउन्टरको आदेश दिने थिएँ ।’

फेसबुकमा पुनको टिप्पणीलाई धेरैले समर्थन गरेका छन्। पुनले भने, ‘घैंटे जस्तो एउटा मामुली गुण्डालाई प्रहरीले इन्काउन्टर गर्छ । तर, खुल्लमखुल्ला देश टुक्र्याउँछु भनेर हिँडिरहेको व्यक्तिलाई खुल्ला छाडिन्छ, योभन्दा ठूलो दुर्भाग्य के हुन्छ ?’

यो पनि पढ्नुस्:

 एबिसीको अन्तर्वार्तामा के भने सीके राउतले ? भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published.