मिस नेपालमा वर्षा लेखीको यात्रा (फोटो-भिडियो)

Barsha Lekhi

फत्तेपुर, सप्तरीकी वर्षा लेखी थारु समुदायबाट मिस नेपाल–२०१६ मा सहभागिता जनाउने प्रतियोगी हुन् । २२ वर्षीया वर्षा वातावरण विज्ञानमा बीएस्सी सकाएकी छिन्। ५ फिट ६ इन्च अग्ली वर्षा चित्रकला एवं नृत्यमा रुचि राख्छिन् । Barsha Lekhi in Miss Nepal 01भविष्यमा राजनीतिज्ञ बन्ने लक्ष्य लिएकी वर्षाले वातावरण संरक्षणको क्षेत्रमा समेत काम गर्ने योजना बनाएकी छिन् । सारी र ब्लाउज उनलाई मनपर्ने पहिरन हुन् । यसअघि कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागिता नजनाएकी वर्षा मिस नेपालको सहभागितालाई एउटा अवसरका रूपमा सदुपयोग गर्ने बताउँछिन् । उनले मिस नेपालको प्लेटफर्मलाई कमलरी/कमैया प्रथाविरुद्ध आवाज उठाउने उपयुक्त थलोसमेत मानेकी छिन् । यो प्लटेफर्म मार्फत आफूले आफ्नो समुदायका स–साना कुरालाई समेत राष्ट्रियकरण गर्न सक्ने उनको तर्क छ ।
Barsha Lekhi in Miss Nepal 02
फ्यान्टा द हिडन ट्रेजर मिस नेपाल–२०१६’ । देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै काठमाडौंमा भेला भएका १९ जना युवती यतिबेला यही एउटा उद्देश्य लिएर हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कठोर परिश्रम गरिरहेका छन् ।

Barsha Lekhi in Miss Nepal 04

उनीहरू सबैको एउटै उद्देश्य छ, मिस नेपाल–२०१६ को उपाधि । उनीहरूलाई थाहा छ, मिस नेपालको उपाधि उनीहरूमध्येकै एक जनाले जित्नेछिन् तर त्यसका लागि उनीहरू सबैको प्रयास जारी छ । यो प्रयास आगामी चैत २६ गते साँझसम्म यसरी नै चलिरहनेछ । उक्त दिन देशले नयाँ मिस नेपाल प्राप्त गर्नेछ ।

Barsha Lekhi in Miss Nepal 10
आयोजक द हिडेन ट्रेजरले अघिल्ला वर्षहरूझैं यो वर्षको प्रतियोगितामा पनि काठमाडौंभन्दा बाहिरका प्रतिस्पर्धीको संख्या बढाउने सक्दो प्रयास गरेको थियो ।

Barsha Lekhi in Miss Nepal 05

त्यसका लागि आयोजक संस्थाले पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा तथा सृष्टि श्रेष्ठ, कोरियोग्राफर रचना शर्मा गुरुङ तथा आयोजक संस्थाका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिको निर्णायक मण्डलीलाई पूर्वका धरान एवं विराटनगर, मध्यनेपालका चितवन, पोखरा तथा बुटबल अनि पश्चिम नेपालको नेपालगन्जसम्म पुगेर अडिसन लिन लगाएको थियो । आयोजकहरूको अपेक्षाविपरीत ती स्थानबाट उल्लेख्य सहभागी जुटेनन्, फलस्वरूप यो वर्ष पनि प्रतियोगितामा काठमाडौंकै बासिन्दाको वाहुल्यता छ ।

Barsha Lekhi in Miss Nepal 03
यो वर्ष मिस नेपालमा प्रतिस्पर्धा गर्नेहरूमध्ये काठमाडौंका मात्र १२ जना छन् भने दुई जना ललितपुरका छन् । बाँकी ५ जना मात्र काठमाडौं बाहिरका छन् । मिस नेपालमा काठमाडौंको प्रतिनिधित्व गर्नेहरूमा आश्मा केसी, कृतिमा रिमाल, सजुम कटुवाल, सचिना श्रेष्ठ, जुबी जोशी, आयुष्मा श्रेष्ठ, रोशनी खत्री, सोनिया शर्मा, अश्मी श्रेष्ठ, सिर्जना रेग्मी, प्रतिभा दवाडी, नम्रता श्रेष्ठ तथा प्रेरणा अधिकारी छन् भने ललितपुरका रोशनी खत्री तथा अंशु केसी छन् ।

Barsha Lekhi in Miss Nepal 09

काठमाडौं बाहिरबाट सहभागी हुनेहरूमा बुटबलकी कुसुम थापा मगर तथा करुणा खड्का, धरानकी अनिता कार्की तथा सन्दिपा लिम्बू तथा सप्तरीकी बर्षा लेखी छन् ।

Barsha Lekhi in Miss Nepal 08
विगतका वर्षहरूझैं यो वर्ष पनि मिस नेपालमा सहभागिता जनाउन इच्छुक युवतीहरूको उमेर १९ देखि २४ वर्ष तोकिएको थियो भने उचाइ कम्तीमा ५ फिट ४ इन्च हुनुपर्ने प्रावधान थियो । नेपाली नागरिक भै नेपाली पासपोर्टधारी, अविवाहित तथा कम्तीमा १० जोड दुई तह उत्तिर्ण गरेको हुनुपर्ने नियम यो प्रतियोगिताको छ ।

Barsha Lekhi in Miss Nepal 07

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.