भारतीय ट्रकको ठक्करबाट दीपक चौधरीको ज्यान गयो

धनगढी उपमहानगरपालिकाको भन्सार रोडमा भारतीय टि एन ५२ ए६९७९ नंको मालवाहक ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार अत्तरिया नगरपालिका-१२ का दीपक चौधरीको मृत्यु भएको छ। कैलाली भन्सार नाकाबाट नेपालतर्फ आउँदै गरेको म१ प ९६५४ नंको स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार कैलालीका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटरमा सवार सोही ठाउँका विनय चौधरी घाइते भई सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ। घटनालगत्तै आक्रोशित स्थानीयवासीले कुटपिट गर्दा ट्रक चालक भारत तामिलनाडुका सवावती घाइते भएका छन्। रासस

Leave a Reply

Your email address will not be published.