नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार नेपाली ढाका टोपीमा सजिएका छन्। थारु होमस्टेमा राजकुमार ह्यारीलाई स्थानीय थारु समुदायले ढाका टोपी र फूल माला पहिर्याइदिए। ढाका टोपी लगाइदिएपछि राजकुमार ह्यारी खुसी देखिए र हातले टोपी मिलाउँदै हाँसे। थारु भेषभुषामा सजिएका कुमारी पाँच कन्याले ह्यारीको स्वागत गरे। शिव सामुदायिक वनका अध्यक्ष मंगल थारुले उपहारस्वरुप प्रदान गरेकोमा उनी सजिए।
तस्बिर : डेलिमेलबाट