नारायणपुर उच्च माबिमा थारु विद्यार्थी समाज

थारु विद्यार्थीहरुलाई कृयाशिल तथा एकजुट बनाउने उद्देश्यले नारायणपुर उच्च माबिमा थारु विद्यार्थी समाज इकाई कमिटी गठन गरिएको छ। समाजले पुष्पमान चौधरीको अध्यक्षतामा १५ सदस्यीय इकाई कमि६ी गठन गरेको छ।

जसको उपाध्यक्षमा राजु चौधरी, सचिवमा रन्जिता चौधरी, कोषाध्यक्षमा पुष्पा चौधरी, सहसचिवमा कमल चौधरी छन्। त्यसैगरी सदस्यहरुमा अशोक चौधरी, सारदा चौधरी, श्यामकुमार चौधरी, समिता चौधरी, पुष्पलाल चौधरी, अन्जना चौधरी, अनुस्का चौधरी, शिला चौधरी र तिर्थराज चौधरी छन्।

समाज दाङका अध्यक्ष मानवीर चौधरीको अध्यक्षता तथा थारु अगुवा दिपक चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले थारुहरुको शैक्षिक तथा राजनितिक चेतनाको विकास हुन जरुरी रहेको बताउदै अब थारु विद्यार्थीहरुबाटै सम्भव रहेको बताएका थिए। सो अवसरमा सचिव ज्ञानेन्द्र चौधरी, शिक्षक राजेश चौधरी, पुष्पमान चौधरी लगायतले बोलेका थिए।

Leave a Reply

Your email address will not be published.