जन्ती बस पल्टिँदा बर्दियामा चार थारूकाे मृत्यु

गएराति बर्दियाको बबई नगरपालिका-६ सैनावार मैनावार सडक खण्डमा जन्ती बस पल्टिँदा घटनास्थलमा चारजनाको मृत्यु भएको छ ।
भे १ ख ८५४ नम्बरको उक्त बस दुर्घटनामा परि २६ जन्ती घाइते भएका छन् । प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीका अनुसार धधवार गाविस-७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको घटनास्थलमा मृत्यु भएको हो । ती मध्ये २० जना गम्भीर घाइतलाई उपचार्थ कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।
बर्दियाको धधवार गाविसको दुद्याबाट बबई नगरपालिका-१० शाहीपुरमा बिबाहको कार्यक्रम सकिएर फर्कने क्रममा दुर्घटना भएको प्रहरी उपरिक्षक गिरीले बताए ।

Leave a Reply

Your email address will not be published.