कांग्रेसको नीति तथा कार्यक्रममा तराईका मुद्दा र थारुका सबाल

Nepali Congress

नेपाली कांग्रेसको तराई मधेससँगको सम्बन्ध विशिष्ट खालको छ। प्रजातान्त्रिक आन्दोलनको शुरुवातदेखि नेपालको वर्तमान संविधानको प्राप्तिसम्म आइपुग्दा तराई मधेस नै नेपाली कांग्रेसको मुख्य आधारभूमि रहेको छ। नेपाली कांग्रेस तराई मधेससँगको यस सम्बन्धलाई निरन्तरता दिन सदैव संवेदनशील र सजग रहने छ।

नेपालको तराई मधेस भू–भागका आफ्नै विशेषता छन्। दक्षिणी छिमेकी भारतसँग जोडिएको क्षेत्र हुनाले नेपालमा लोकतन्त्रको लहर तराई मधेसबाटै पहिले उठेर आएको हुनाले मधेसलाई लोकतान्त्रिक आन्दोलनको उर्वरभूमिको रूपमा लिन सकिन्छ। लोकतन्त्रको आगमन सँगै सबै क्षेत्र र वर्ग समुदायका जनतामा आ–आफ्नो हिस्सा र साझेदारीको भावना विकसित हुँदै आएको छ। स्वशासन, आत्मसम्मान, पहिचान तथा भाषा र संस्कृतिको सम्मान र प्रयोगको विषय उठेका छन्। यसलाई राज्यले सही रूपमा सम्बोधन गर्नु पर्दछ।

मधेसको मुद्दा यतिमा मात्र सीमित छैन। यसका अन्य धेरै आर्थिक, सामाजिक सवालहरू छन्, जसलाई समुचित सम्बोधन गरेर यहाँका आम जनताको जनजीवनमा सुधार र प्रगति ल्याउनु पर्छ भन्ने नेपाली कांग्रेसको मान्यता छ। नयाँ संविधान जारी भएपछि तराई मधेसका मुद्दाहरूलाई संविधान संशोधन गरेर केही हदसम्म सम्बोधन भएको छ। तराई मधेसका सिमाङ्कन लगायतका कतिपय विषयहरूलाई सम्बोधन गर्न बाँकी रहेकाले संविधानमा परिमार्जन गर्ने नीति नेपाली कांग्रेसले लिने छ।

तराई मधेसमा आर्थिक परिवर्तनको कुरा गर्दा, कृषिमा गुणात्मक सुधार गर्न जरुरी छ। किसानको वास्तविक जीवनमा सुधार ल्याउन, सिँचाईको व्यवस्था, नदी नियन्त्रण, स्वच्छ खानेपानी, ग्रामीण वस्तीहरूको सुधार र हुलाकी सडक, रेल्वे स्थापना, चुरे संरक्षण, उत्तरदक्षिण राजमार्गहरू निर्माण गर्न आवश्यक छ। साथै सुरक्षाको अभाव तराई मधेसका जनतालाई सधै सताइ रहने सवाल बनेको छ। यस समस्यालाई समाधान गर्न नेपाली कांग्रेस सदैव क्रियाशील रहिरहनेछ।

तराई मधेस भित्रका विविधतामा एकता स्थापित गर्न लोकतन्त्रको अहम् भूमिका रहन्छ। अल्पसंख्यक मुसलमान महिला, भूमिहीन, दलित, पिछडा वर्ग, अपेक्षाकृत पछि परेका थारु, मधेसी सबैको हक र हित सुरक्षित गर्न समानुपातिक र सन्तुलित विकास योजनालाई अगाडि बढाउनु पर्छ। लोकतान्त्रिक समाजवादको वास्तविक मर्मलाई अङ्गीकार गरेर स्थानीय स्वशासनको प्रकृया अघि बढाउँदा, तराई मधेस एक शान्त, संवृद्ध, आधुनिक र विकसित क्षेत्र बन्न सक्तछ। नेपाली कांग्रेसका कार्यकर्ताहरू यी उद्देश्यहरू प्राप्तिका लागि अग्रसर हुनेछन्।

थारुका सबालमा

Nepali Congress 01

Nepali Congress 02

Nepali Congress 03

नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्नुस्:

Leave a Reply

Your email address will not be published.