मनोज थारु
थारूहरू परापूर्वकालदेखि नै राज्यपक्ष बाट ठगिँदै आएका छन्। चाहे त्यो शाह वंश होस् या राणा। यो थारूहरूको लागि नौलो कुरा होइन्। शाहरूले थारू बसोबास भएको तराई क्षेत्रलाई राजस्वको रूपमा ठागे भने राणाहरूले थारूको जाग्गा जमिन हडपे।
सबैको साझा लक्ष्य एउटै हो। थारूलाई लुट्ने तर तरिक फरक छ।
अहिले आएर एकात्मकवादीहरूले पहिचान र अधिकारको सबालमा ठगिरहेका छन्। तर यतिबेला थारूहरू शाह र राणा वंशका रहेनन्। थारुहरुमा बिस्तारै चेतनाको दीप खुल्ने क्रम जारी छ। उनीहरु आफ्नो पहिचान र अधिकारको सबालमा आवाज उठइरहेका छन्। यसरी सदियौंदेखि कहिले जग्गा जमिनको नाममा त कहिले पहिचान र अधिकारको नाममा राज्य पक्षबाट थारुहरु ठगिँदै आएका छन्।
वास्तमा थारूहरूको विकास होस् भनी कसैले चाहेको छैन। चाहँदैन पनि। त्यसैले होला, थारूउपर हेर्ने रवैया नै फरक छ। कतिले त थारूहरूलाई सधैं सधैंका लागि कामलरी, कमैया, हरूवा, चरूवाको रूपमा हेर्न चाहन्छन्। थारूहरू कमैया उत्पीडनबाट मुक्ति चहान्छन् भने कसलाई के को आपत्ति? के थारूहरूलाई स्वतन्त्र भएर बाच्ने अधिकार छैन?
थारूहरूले सिके राउत र गोइतजस्तो अलग देश मागेको होइन। उनीहरूले त केवल आफ्नो पहिचान र अधिकार मागेका छन्। सम्मनका साथ बाँच्न पाउने अधिकार मागेका हुन्। आफ्नो पूर्खाले रचेको इतिहास मागेका हुन्। विभेदरहित समाज मागेका हुन्। तर कुरा नबुझिएको यहाँ छ कि थारूलाई अधिकार दिँदा तिमीहरूको टाउको किन दुःख छ?
नेताज्युहरू तिमीहरूले जनताको पहिचान र अधिकार संस्थागत गर्ने सुनौलो अवसार पाएका छौं। तर यो अवसारको दुरपयोग किन गर्छौं। दिने ठाउँमा पुगेका छौं भने देऊ न। थारूहरूलाई अधिकार दिँदा तिमीहरूको के बिग्रन्छ? हामी पनि त नेपाली हौं। नेपालप्रति हाम्रो पनि त उत्तिकै माया छ। तर किन कसैलाई काखा, कसैलाई पाखा गर्छौं?
थारूहरूको आन्दोलन पहिचान, अधिकार, अस्तित्व, न्याय, आत्मसम्मानका लागि गरिएको आन्दोलन हो। तर थारूहरूले अधिकार र पहिचानको सबालमा कुरा उठाँउदा अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिन्छ भनेझैँ थारूहरूको माग सुनेर किन तर्सिन्छौं। उनीहरूको माग देशलाई बिखण्डनतिर धकेल्नु त कदापि होइन। पहिचान र अधिकारका लागि गरिएको आन्दोलन हो। तर थारूलाई अधिकार दिँदा आफ्नो खल्तीबाट दिएझैँ किन गर्छौं? उनीहरूलाई अधिकार दिन किन हिच्किचाउँछौं?
थारूले पहिचान र अधिकार खोजिरहेका छन्। अपमान उत्पीडनबाट मुक्ति खोजिरहेका छन्। राज्यको हरेक संयन्त्रमा पहुँच तथा सहाभगिता खोजिरहेका छन्। खास शासकहरूको अंहकारपूर्ण प्रवृत्ति तोड्न खोजिरहेका छन्। शोषकहरूको दमनकारी तथा हेपहा पवृत्तिबाट मुक्ति खोजिरहेका छन्। यो देश हाम्रो हो भने अपनत्वबोध खोजिरहेका छन्। तर अचम्मको कुरा के छ भने थारूहरूले यी सबै कुरा माग्दा तिमीहरूको टाउको किन दुःखछ?
पहिचानबिना मानिस जीवित रहन साक्दैन र अधिकार बिना कुनै समुदाय बाँच्न साक्दैन। यही पहिचान र अधिकारका लागि भौँतारिरहेको छ थारू सामुदाय। सदियौंदेखि शोषित पीडित अधिकारबाट वञ्चित भूमिपुत्र थारूहरूलाई अधिकार दिनबाट कन्जुस्याइँ नगर। उनीहरूलाई अधिकार दिँदैमा तिमीहरूको केही जानेवाला होइन। त्यसैले कसैलाई काखा, कसैलाई पाखा नगरी थारूलाई सम्मानका साथ बाँच्न पाउने अधिकार देऊ। हरेक क्षेत्रमा सम्मान अधिकार सम्मान पहुँच, सम्मान सहभागिता स्थापित र संरक्षण गर्ने अधिकार देऊ।