रोविन चौधरी नेतृत्वमा क्वेस्ट इन्टरनेशनलमा थारु विद्यार्थीको समिति

Robin

थारु विद्यार्थी समाज, उपत्यका समितिको अगुवाईमा ललिपुरको बालकुमारीमास्थित क्वेस्ट इन्टरनेशनल कलेजमा रोविन चौधरी नेतृत्वमा इकाई समिति गठन भएको छ। समितिको उपाध्यक्षमा प्रदीप चौधरी र सुशीला चौधरी छन्। त्यस्तै सचिवमा रितु चौधरी, सहसचिवमा संजीज चौधरी र कोषाध्यक्षमा सुलोचना सिंह छन्।

त्यस्तै सदस्यहरुमा सुशान्त चौधरी, किरण चौधरी, राजेश चौधरी, सारोन चौधरी र अनिश चौधरी छन्। बालकुमारीमा शनिबार आयोजित भेलाले इकाई समिति गठन गरेको हो। भेलामा उपत्यका समितिका ओम थारु र संजय थारुको उपस्थिति थियो।

नवनिर्वाचित अध्यक्ष रोविन चौधरीले थारु विद्यार्थीको हकहितको लागि अग्रसर हुने बताए। उनले थारु विद्यार्थीहरुका लागि इन्टर्नसिपको व्यवस्था मिलाउनेसमेत वाचा गरे।

आजको दिनमा हरेक कुरामा युवाहरुको अग्रनी भूमिका आवश्यक रहेको उनले बताए। त्यसकै लागि राजधानी लगायत जिल्ला जिल्लाका हरेक कलेजहरुमा थाविसको संगठन विस्तार गर्नुपर्ने आवश्यता रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published.