रौतहटबाट प्रेमी भेट्न बारा आएका युवकको शव फेला

photoप्रेमिका भेटन बारा आएका एक प्रेमिको शव शुक्रबार फेला परेको छ । बाराको मनहर्वा–५ स्थित टेङ्गरहर नदी नजिकैको बाँसघारीमा शरिरका बिभिन्न अंगहरु काटीकाटी हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

रौतहट जिल्लाको सन्तपुर दोस्तीया गाविस–७ निवासी प्रेमी पुनदेवप्रसाद यादव आफ्नो प्रेमीका भेटनका लागि फागुन ४ गते बाराको भोडाहा गाविस वडा नं ८ धोदा आएका थिए । फेला परेको शव यादवकै रहेको जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी निरिक्षक खगेन्द्र धमलाले बताए ।

प्रेमिका भेटन आएदेखिनै प्रेमि यादवलाई प्रेमिकाका घरपरिवारका मान्छेले बेपता बनाई हत्या गरेको यादवका बुवा हितलाल राय यादवले बताए । घरबाट हिडेदेखिनै आफ्नो छोरा सम्पर्कमा नरहेको र उनको खोजी गर्दै जाँदा केटीपक्षले हत्या गरेको अवस्थामा छोराको शव फेला परेको हितलालले बताए ।

भोडाहा निवासी कृष्ण साहकी छोरी प्रियंका साहसँगको माया प्रेममा परेका यादव प्रियंकालाई भेट्न आएदेखी नै सम्पर्कमा नरहेको आरोप प्रेमीका भाई मदन यादवले बताए । उनले भाईको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत गरेको बताए । तर प्रहरीले चासो दिएको छैन् उनले भने ।

बिहिबार कलैयामा यादवले पत्रकार सम्मेलन गर्दै प्रहरीले छोराको खोजीमा ढिलासुस्ती गरिरहेको आरोप लगाएका थिए । छोराको खोजी र आपराधिलाई कारवाही गर्नमा प्रहरी सक्रिय नभएको आरोप पीडितहरुले लगाएका छन् ।

गतबर्ष माघमा पर्सा जिल्लामा विवाह भई माईत बस्दै आएकी साह र पुनदेवको फोन सम्पर्कबाट प्रेम भई वितेको कात्र्तिकमा उनीहरुले घरबाट भागेर विवाह गरेका थिए । उनिहरुको विवाहको विपक्षमा रहेका प्रियंकाका बाबु कृष्णले केही समयपछि छोरी फिर्ता ल्याएका थिए ।
त्यसपछिका दिनमा दुबै जनाको बीचको सम्पर्क कायमै रहेको प्रियंकाले पुनदेवलाई आफ्नो माईत बोलाएका बेला उनका आफन्तले बेपत्ता बनाएको आरोप हितलालले लगाए ।
पुनदेवलाई वेपता बनाएको आरोप लागेको कृष्णका घरका सबै मान्छे घर छोडेर दुई सातादेखी लुकेर बसेका छन् । कृष्णको सबै परिवारका सदस्यहरु घर छोडेर अन्तै बसेको र हाम्रो अनुसन्धान जारी रहेको प्रहरी निरिक्षक धमलाले बताए ।
प्रेमीका साह र प्रेमी यादव प्रेममा पर्नु अघि नै दुबै जनाको बिवाह भईसकेको छ । दुबैको अर्कैसंग बिवाह भए पनि यिनीहरु बीचको प्रेम बढदै जादाँ यस्तो घटना भएको हो ।

Leave a Reply

Your email address will not be published.