दाङ हापुरकी विमला चौधरी जब आठ वर्षको थिइन्, उनी अर्काको घरमा काम गर्न वसिन् । मालिकको घरमा दिनरात काम गर्नु र कामको चित्त नबुुझे उनीहरुबाट हुने दुव्र्यवहारको सामना गर्दै उनका जीवन वित्नथाले । साँझ-बिहान जुुठाभाँडा माझ्ने, फोहर कपडा धुुने, अन्य घरायसी काम गर्नुु र मालिकका वच्चाहरुसँग खेलिदिने (वच्चा हेरालु) काम विमलाले २०६० सालदेखि ६६ सालसम्म करिब ६ वर्ष गरिन् । विगतको अतितलाई सम्झने हो भने अहिले पनि उनको आँखामा आँशुु टल्बलाउछन् । ‘विगतको सम्झना गर्ने हो भने भएको जाँगर पनि मरेर जान्छ, सम्झना गर्नै गाह्रो छ,’ उनले भनिन् । जतिखेर विमलाले दास्ताको कुुरुर जीवन विताइरहेकी थिइन त्यतिनजेल नेपालको वदलिदो राजनीतिले केही नयाँ मोड लिइसकेको थियो । दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुुर जिल्लामा कमलरी मुुक्त अभियान सञ्चालन भइरहेको थियो । अभियानका क्रममा विभिन्न ठाउँमा विमला जस्तै दास्ताको जीवन विताइरहेका कमलरीहरुको उद्धार भइरहेको थियो ।
करिब ६ वर्षपछि विमलाले २०६६ मै दास्ताबाट मुुक्ति पाइन् । तत्कालीन कमलरी मुुक्तिको अभियान्ता एफएनसी नामक गैरसरकारी संस्थाले विमलालाई कमलरी दास्ताको जीवनबाट मुक्त गर्यो, उद्धार गर्यो । मुुक्तिपछि उनी केही समय घरमै वसिन त्यपछि उनीले आफ्नो अधुुरो शिक्षालाई पुुरा गर्न स्कुुल भर्ना भइन् । हापुुरकै मावि निघुुवारमा कक्षा ६ मा भर्ना भएकी विमलाले आफ्नो अध्ययनलाई निरन्तरता दिइन्, अनि उनी त्यतिवेला चर्केको कमलरी मुुक्ति अभियानमा पनि मनखोलेरै सरिक भइन् । स्कुलको पढाइ र कमलरी मुुक्ति अभियानसँगै उनले आफ्नो जीवनमा परिवर्तन गर्दै गइन । हापुुर गाविस वडा नं. २ वसन्तापुुर निवासी विमला अहिले सदरमुुकाम घोराहीको विद्यानिलकण्ठ उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन संकायको कक्षा ११ मा अध्ययनरत छिन् । त्यतिमात्रै होइन उनीले अहिले दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चलनपुुर जिल्लाका १२ हजार ५ सय ७९ जना मुुक्त कमलरीहरुको नेतृत्व गरिरहेकी छन् । मुुक्त कमलरीहरुको क्षेत्रमा काम गर्ने मुुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्षको रुपमा विगत दुुई वर्षदेखि काम गर्दैछिन् ।
२१ वर्षीया विमला विगतका संघर्ष, दास्ताको जीवन र अहिलेको भविश्यलाई सम्झदै भन्छिन्– ‘यो जीवनमा आइएला भन्ने कल्पनासमेत गरेकी थिइँन्, जीवन वदलिएको महसुुस भएको छ ।’ एफएनसी संस्थाले दास्ताबाट मुुक्त गरेपछि उनी विभिन्न संघसंस्थाको सहयोग र नेपाल सरकार शिक्षा मन्त्रालयबाट मुुक्त कमलरीहरुलाई दिइने छात्रबृतिबाट यहाँसम्म आएकी हुुन् । शिक्षा मन्त्रालयले अहिले कक्षा १ देखि ८ सम्म अध्ययनरत मुुक्त कमलरीहरुलाई वार्षिक एक हजार पाँच सय, ९ देखि १० सम्मलाई एक हजार आठ सय, कक्षा ११ र १२ मा अध्ययनतलाई पाँच हजार र त्यो भन्दा माथिको उच्च शिक्षाका लागि वार्षिक दश हजार रुपैयाँ छात्रबृति दिँदै आएको छ ।
यो रकम उनीहरुका स्कुुल शुुल्क, कपी, कलम, स्कुुल ड्रेसलगायतका लागि दिइएको हो । तर अहिलेको अवस्थामा शिक्षा धेरै महंगो भइसकेकाले सरकारले दिने छात्रबृति एकदमै न्यून भएको विमला बताउँछिन् । ‘हामी सबैलाई थाहा छ, अहिलेको शिक्षा कति महंगो छ भन्ने कुुरा सरकारले दिएको रकम वर्षमा एकजोड ड्रेस किन्न पनि पुुग्दैन’ ‘आर्थिक अभावकै कारण धेरै कमलरीहरुले आफ्नो पढाइ छोडेका पनि छन् ।’
२०७० साल असोजमा भएको मुुक्त कमलरीहरुको सम्मेलनबाट असोज १६ गतेबाट विमला केन्द्रीय अध्यक्षमा चयन भइन् । उनीलाई अहिले अझै दास्ताको जीवन विताइरहेकाहरुलाई मुुक्त गर्न र सँगसँगै आफ्नो उच्च शिक्षालाई निरन्तरता दिन भ्याइनभ्याइ छ । कहिले कैलाली त कहिले कञ्चनपुुर उनी आफ्नो संस्थाको काममा दौड्धुुप गर्छिन । विशेष गरी दाङ, बाँके, वर्दिया, कैलाली र अञ्चलनपुुर थारु वाहुुल्य क्षेत्रमा कमलरी विकास मञ्चको कार्य क्षेत्र हो । त्यतिमात्रै होइन यो संस्था केन्द्रीय संस्था भएकाले नेपालभरीकै मुुक्त कमलरीहरुको क्षेत्रमा काम गर्दै आएको विमला बताउँछिन् ।
संस्थाको काम गर्न थालेपछि आफूू विभिन्न जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयबीच सम्बन्ध विस्तार हुुनुुका साथै सरकारका विभिन्न केन्द्रीय कार्यालय मन्त्रालयसँग पनि नजिक भएर काम गरिरहेकी छन् । ‘अध्यक्षको नाताले पनि जिल्लादेखि केन्द्रसम्म सबै कार्यालय तथा गैरसरकारी संस्थासूग कोडनेशनको काम गर्नुपर्छ,’ विमला भन्छिन्– ‘जिल्लादेखि मन्त्रालयसँग म सँगसँगै छुु ।’
मुुक्त कमलरीको क्षेत्रमा काम गर्न लागेको सातवर्ष भन्दा बढी भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताइन् । सरकारले नेपाललाई कमलरी मुुक्ति गरेका लामो समय वित्तीसक्दा पनि अझै पश्चिम नेपालमा तीन सय वढी कमलरी भएको विमलाको भनाइ छ । ‘हाम्रो तथ्याङमा अझै तीन सय वढी कमलरीहरु अझै दास्ताको जीवन विताइरहेका छन् । उनीहरु उच्च पहुुँचवाला व्यक्तिसँग छन्, कतिलाई मुुक्तिको माग गर्दै अदालतहरुमा मुुद्दा चलिरहेका छन् । कति प्रयासमै छन्,’ उनले भनिन् ।’
आफ्नो वदलिएको जीवनपछि उनका लक्ष्यहरु धेरै छन् । दास्ताको जीवन विताइरहेकाहरुलाई मुुक्त गर्नु, आफ्नो शिक्षालाई निरन्तरता दिनुु, मुुक्त भइसकेका कमलरीहरुको क्षेत्रमा उनीहरुको आर्थिक, समाजिक विकासका लागि अघि वढ्नुु आदि ।
त्यसको अलावा उनको व्यक्तिगत जीवनको लक्ष्य पनि छ । व्यवस्थापन संकायबाट उच्च शिक्षा पूरा गर्ने र बैंकिङ क्षेत्रमा ठूलो मान्छे बन्ने । ‘दास्तको जीवनबाट यति माथि पुुगिएको छ, अब ‘कमर्स’ विषयबाट आफ्नो अध्ययन पूरा गरेर बैंकिङ क्षेत्रमा काम गर्ने लक्ष्य छ, कतिको पुुरा हुुन्छ हेरौं’–विमला भन्छिन् ।’ उनी अहिले मुुक्त कमलरीको क्षेत्रमा काम गर्ने अन्य विभिन्न संघसंस्थामा पनि क्रियाशीलछिन् ।
विमला मात्रै होइन अहिले दाङमा कमलरी मुुक्तिपछि हजारौं कमलरीहरुले उज्यालो भविश्यको खोजीमा छन् । दाङकै लमहि नगरपालिका नर्ती र वनगाउँमा दुुई वटा छात्रावासमा वसेर एक सय ६९ जना मुक्त कमलरीहरुले विभिन्न विद्यालयहरुमा अध्ययन गरिरहेका छन् । जसमध्ये नर्तीस्थित लावाजुुनी छात्रावासमा कक्षा १ देखि १० सम्म अध्ययनरत एक सय २० जना मुुक्त कमलरीहरु आवासीय छन् भने वनगाउूमा उच्च शिक्षा अध्ययन गर्ने ४९ जना रहेका छन् ।
छात्रावासमा वसेर अध्ययन गर्ने अधिकांश अभिभावक नभएकाहरु छन् । उनीहरुले सरकारबाट पाउने न्यूनतम छात्रबृति र समय-समयमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुबाट पाउने सहयोगबाट शिक्ष क्षेत्रलाई अघि वढाइ रहेका छन् ।
दास्ताको जीवनबाट मुुक्त भइसकेर उज्वल भविश्यको खोजी गरिरहेका र अझै दास्ताको जीवन विताइरहेकाहरुलाई स्वतन्त्र नागरिक बनाउन राज्यस्तरबाटै पहल हुुनुपर्ने अध्यक्ष विमला बताउँछिन् । ‘नागरिकलाई मान्छे भएर बाँच्न वातावरण बनाउने सरकारको दायित्व हो, यसमा सरकारको तत्काल ध्यान जान जरुरी छ,’ उनले भनिन् ।
प्रस्तुतिः उदय बीसी/सन्तोष दहित, दाङ