जनजाति पत्रकार महासंघ बारामा पिठाकोटे मगर

Bara Fonij

बाराको सिमरा उद्योग वाणिज्य संघको प्राङ्गणमा विहिवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाराको गठन भएको छ। नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि निरज पिठाकोटे मगरको अध्यक्षतामा उक्त महासंघ गठन गरिएको छ।
पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष सत्य श्रेष्ठ, उपाध्यक्ष जियालाल चौधरी, सचिव दुष्यन्त चौधरी, सहसचिव डेफु लामा, कोषाध्यक्ष रेनु चौधरी, सदस्यहरु मोहित चौधरी, राजकुमार लामा, शेखर चौधरी, नागेन्द्र चौधरी सहित ९ सदस्यीय महासंघको गठन गरिएको सचिव दुष्यन्त चौधरीले बताए।
कार्यक्रमको संचालन राजकुमार लामाको रहेको थियो भने स्वागत मन्तव्य सतिश श्रेष्ठले गरेका थिए।

सो कार्यक्रममा उद्योग वाणिज्य संघ सिमराका निवर्तमान अध्यक्ष रेशम तिवारी, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोतम खडका, सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज पौडेल, अग्रज पत्रकार रमेश सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ २०५६ सालमा दर्ता भई अनवरत रुपमा अगाडी बढिरहेको छ। नेपाल अधिराज्य भरिमा हालसम्म ४६ वटा जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको गठन भइसकेको प्रमुख अतिथि उपाध्यायले बताए। साथै नेपाल अधिराज्य भरिमा एक हजार पाँच सय आदिवासी जनजाति पत्रकारहरु कार्यरत रहेको र पाँच जना अन्तराष्ट्रिय मिडियामा आवद्ध रहेका उपाध्यायले जानकारी गराए।

Leave a Reply

Your email address will not be published.