इन्सेकलाई १५ दिनभित्र प्रतिवेदन सच्याउन थरुहटको अल्टिमेटम

Bimochan_Insecआन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई १५ दिनभित्र प्रतिवेदनसहितको पुस्तक सच्याउन कडा अल्टिमेटम दिएको छ । विना तथ्य, विना प्रमाण एक तर्फी रुपमा तथा पूर्वाग्रही ढंगबाट मानवअधिकार वर्ष पुस्तक २०१६ प्रकाशन गरेको भन्दै उक्त पुस्तक सच्याउन इन्सेकलाई अल्टिमेटम दिएको हो । थरुहट\थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक कृष्णकुमार चौधरीद्वारा प्रेसित विज्ञप्ती अनुसार प्रति नसच्याए इन्सेकका हरेक गतिविधिलाई वहिकार गर्ने चेतावनी समेत दिएइएको छ ।

थरुहट आन्दोलनको क्रममा घटेको टीकापुर घटनामा गोली लागी मारिएका दुई वर्षे बालक आन्दोलनकारीबाट मारिएको भनी तथ्यहिन, विना सुझबुझका साथ प्रतिवेदनमा समावेश गरी आन्दोलनलाई चुनौती दिदैको भन्दै थरुहटले इन्सेक प्रति भत्सर्ना समेत गरेको छ ।

विज्ञप्तीमा अगाडी भनिएको छ, ‘नेपाल सरकारको आधिकारिक निकायको रुपमा कार्यरत राष्ट्रिय मानव अधिकार आयोगले समेत यस घटनाको अनुगमन गरी भदौ २४ गते विज्ञप्ती जारी गरी एसएसपी लक्ष्मण न्यौपाने लगायत ८ जनाको प्रदर्शनकारीबाट घरेलु हतियार भाला खुकुरी प्रहार गरी हत्या गरिएको साथै प्रहरीबाट प्रदर्शनकारीहरु माथि अश्रु ग्याँस र गोली प्रहार हुन थाले पछि आक्रोसित प्रदर्शनकारीहरुको भिडले प्रहरीको हत्या भएको उक्त प्रतिवेदनमा उल्लेख छ । तर आन्दोलनकारीलाई आक्रोसित बनाउने र सामाजिक सद्भाव खल्बल्याउने किसिमले पुर्वाग्रही रुपमा टिकापुर ९ का दुई वर्षे बालक टेक बहादुर साउँदको मृत्यु थरुहट संघर्ष समितिको कार्यकर्ताको अक्रमणबाट भएको भनि इन्सेक नामक संस्थाको मानव अधिकार वर्ष पुस्तिका २०१६ मा उल्लेख छ । यसर्थ, समग्र थरुहट थारुवान आन्दोलनलाई चुनौति दिदै दुई वर्षे बालक हत्यालाई कुनै सुझबुझ नगरी मनोमानी तवरले हचुवाको भरमा प्रतिवेदन सार्वजनिक गरिएको कार्य प्रति हामी घोरभत्र्सना गर्दछौ ।’

प्रतिवेदन हचुवाको भरमा तथा मनोमानी ढंगबाट तयार भएको भन्दै प्रकाशित प्रतिवेदन खारेजीको माग समेत गरिएको छ । ‘प्रतिवेदन तत्काल खारेजीको माग गर्दै सो घटनाको सत्यतथ्य छानविन गरि घटनाको वास्तविकता पत्ता लगाउन सम्वन्धित संघ संस्था र सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ’, विज्ञप्तीमा अगाडी भनिएको छ–‘यदि उक्त प्रतिवेदन १५ दिन भित्र नसच्याए संस्था तथा संस्था द्धारा सञ्चालन गरिने हरेक कार्यक्रमहरु बहिस्कार गर्ने चेतावनी दिन चाहन्छौ ।’

त्यस्तै, थरुहट संघर्ष समितिले बहिष्कार गर्ने क्रममा हुन सक्ने नकारात्मक प्रतिफलको जिम्मेवारी स्वयं इन्सेकको हुने पनि कडा चेतावनी दिएको छ ।

tharu press_relise

Leave a Reply

Your email address will not be published.