प्रवासी थारु समाज युएईको सफलता

Netra Thanetसेवा सबैभन्दा ठूलो धर्म हो। आफूले सक्ने सेवा अरुलाई प्रदान गर्दा आनन्द अनुभूत गराउने सशास्त्रमा पनि उल्लेख छ। यही सेवा भावले युएईका थारुहरुले ‘प्रवासी थारु समाज युएई’को गठन गरेका छन्। चार वर्षअघि सन् २०१२ मा स्थापना भएको यो समाजले हालसम्म विभिन्न क्षेत्रमा समाजिक काम गर्दै आएको छ। आफ्नो समुदायलाई आपतविपद् परेको बेला सहयोग गर्न सकियोस् भनेरै नवलपरासी स्थायी घर भएका नेत्र थनेतले यो समाजलाई जन्म दिएका हुन्।
यो समाजले प्रवासमा विभिन्न कार्य गर्नुका साथै मातृभूमि नेपालमा पनि समाजिक काम गर्दै आएको छ। यो समाजले युएईमा हरेक वर्ष थारुहरुको नयाँ वर्ष माघी मनाउने गर्छ। जहाँ सयौं थारुहरु उपस्थित भएर आफ्नो कला संस्कृति र पहिचनलाई जगेर्ना र प्रवर्द्धन गर्ने काम गरेको छ।
युएईमा थारुहरुलाई आइपर्ने विभिन्न किसिमका समस्याहरुको समाधान पनि यो समाजले गर्दै आएको छ। समाजका संस्थापन अध्यक्ष नेत्र थनेतका अनुसार यो समाजले नेपाली दूतावासको सहकार्यमा चितवन खैरेनीकी सविता चौधरीलाई उद्धार गरी नेपाल फर्काएकी थिइन्। समाजकै खर्चमा उनी नेपाल फर्किएकी थनेतले जानकारी दिए।
यो समाजले दाङकी एक ८ वर्षीया बालिकालाई पनि नगद सयोग गरे। जसले भाइ बहिनी र प्यारालाइज आमालाई हेरविचार गरेर उनको दैनिकी बित्थ्यो। उनको मार्मिक दैनिकी थाहा पाएर नगद ४५ हजार संकलन गरेर सहयोग गरेको अध्यक्ष थनेतले जानकारी दिए।

समाजले अनिश बचाउन अभियानमा चलाएर सहयोग गर्नुका साथै बाढी पीडित, भूकम्प पीडितका लागि पनि नगद जिन्सी सहयोग गरे। अध्यक्ष थनेत र प्रवासी थारु समाज युएईकै पहलमा विभिन्न अभियानहरु सञ्चालन हुँदै आएका छन्। जसले समाजका तर्फबाट थोरै भएपनि विभिन्न समाजिक क्रियाकलापमा सहयोग जुट्दै आएको छ। समाजले नवलपरासीकी निरु केसीलाई पनि नेपाल फर्काउन टिकटको व्यवस्था गरिदिएको थियो।

समाजले हिजो मंगलमार पनि युएईको जेलमा रहेका एक जनालाई उद्धार गरी नेपाल पठाएको छ। नवलपरासी सोजपुराकी शान्ति जोगी थारु र ४ महिनाअघि भिजिट भिसामा आएर अलपत्र परेका कावासोती, टरुवाका प्रेम सागर महतोलाई प्रवासी थारु समाजको सक्रियता र दूतावासको सहकार्यमा नेपाल पठाइएको अध्यक्ष थनेतले जानकारी दिए। उनीहरु हिजो ८:४० को फ्लाइटबाट नेपाल गएको थनेतले जानकारी दिए।

यी सबै काम सफल गर्नुका समाजका सबै सदस्यहरुको उतिकै भूमिका रहेको उनले बताए। समाजका संरक्षक, सल्लाहकार, कार्यसमिति, तदर्थ समिति सबैको लगाव र सक्रियताले यस्ता समस्याहरुको समाधान निकाल्न सफल भएको उनले बताए। थनेतले यस्तो आपतविपद्को बेला सहयोग गर्ने सबैलाई धनेवाद दिए।

राष्ट्रिय थारु संग्रहालयका अभियन्ता
समाजका संस्थापन अध्यक्ष उनै थनेत नवलपरासीको डन्डामा बन्ने राष्ट्रिय थारु संग्रहालयका अभियन्ता पनि हुन्। उनले विदेशमा बस्नुभएका नेपाली दाजुभाइसँग सहकार्य गरेर संग्रहालय निर्माणका निम्ति चन्दा संकलन गरिरहेका छन्। उनले थालेको अभियानमा विभिन्न देशबाट थारु र गैर थारुहरुले चन्दा उपलब्ध गराइरहेको जानकारी दिए। छिट्टै नै समाजको अगुवाईमा संग्राहलय निर्माणका निम्ति युएईमा कार्यक्रम आयोजना गर्ने उनले बताए।
थनेत एनआरएन एनसीसी युएईका वरिष्ठ उपाध्यक्ष पनि हुन्।

Leave a Reply

Your email address will not be published.