‘सरकारको यस्तै रवैया जारी रहे फेरि नाकाबन्दी गर्छौं’

mahantha thakurतराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको रबैया नबदलिए फेरि नाकाबन्दी गर्नेे चेतावनी दिएका छन्। रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने,’ संविधान हामीलाई उपेक्षा गरेर ल्याइयो, संशोधन पनि त्यसरी नै गरियोे, सीमांकनकालागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि सरकारले एकतर्फी रुपमा गठन गर्यो । यस्तै रवैया जारी रहे मोर्चाको बैठक बसेर शसक्त आन्दोलनको कार्यक्रम ल्याउँछौं।’

ठाकुरले अहिले पनि सरकारले दमनलाई कायम राखेको आरोप लगाउँदै दमन जारी राखे फेरि नाकाबन्दी गर्ने चेतावनी दिए। उनले सरकारले सहमति विपरित अहिले पनि गिरफ्तारी र झुठा मुद्दा लगाउने काम नरोकेको प्रति आक्रोश व्यक्त गर्दै अहिले मौसमको प्रतिकुलताले आन्दोलनको स्वरुप परिवर्तन भएपनि दिनमा शसक्त आन्दोलन लिएर आउने जनाए।

ठाकुरले सरकारले आफूहरुको सहमति बिना गठन भएको राजनीतिक संयन्त्र अस्विकार्य भएको भन्दै संयन्त्रलाई संवैधानिक मान्यता दिने र आफूहरुले उठाएको माग कार्यविधिमा समेटे संयन्त्रमा सहभागी हुने बताए। उनले भने, ‘संयन्त्रलाई संवैधानिक हैसियत दिएर मोर्चा ले उठाएका सरोकारलाई कार्यविधिमा समेटे यही संयन्त्रमा सामेल हुन हामीलाई कुनै आपत्ति छैन।’

Leave a Reply

Your email address will not be published.