प्रधानमन्त्री अाेलीलाई दिल्लीमा कालाे झन्डा

kalo-jhanda-1

मधेशको समस्या समाधान नै नगरिकन भारत भ्रमणमा आएको भन्दै दिल्लीमा अध्ययनरत तथा काम गर्दै बसेका मधेसीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन्।

कालो झण्डा देखाउन एयरपोर्टभित्र जान लागेका थिए। तर, सुरक्षाकर्मीले जान नदिएपछि प्रधानमन्त्री ओली एयरपोर्टबाट बाहिरिने क्रममा मधेसीहरुले कालो झण्डा देखाएका हुन्।

युनाइटेड मधेश नामको संस्थामा आबद्ध मधेसीहरुले सो झण्डा देखाएको पत्रकार प्रमोद जयसवालले बताए।

Leave a Reply

Your email address will not be published.