प्रधानमन्त्री दिल्ली उड्नैलाग्दा मोर्चाले भन्यो- तानाशाही शैलीमा भ्रमण

Madheshi-morchaसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनदलबाट एकतर्फी राजनीतकि संयन्त्र गठन भएको भन्दै त्यसलाई अस्वीकार गर्ने जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मोर्चाको तर्फबाट निरन्तर वार्ता र सम्वादमार्फत समाधान खोज्ने पहल हुँदाहुँदै पनि प्रमुख तीन दलले शुरु देखीनै एकतर्फी ढंगले संख्याको दम्भ र अहंकार देखाउँदै अपुरो संविधान जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा छ ‘आन्दोलन दबाउने उद्देश्यका साथ हाम्रो सरोकार र सहमति बेगर नै संविधान संशोधन त भयो तर मागलाई सम्बोधन गरिएन।’
‘षड्यन्त्रमूलक ढंगले मधेसको माग पूरा गर्नुभन्दा आफ्नो विदेश भ्रमणलाई उपलब्धिपूर्ण देखाउने मनसायका साथ सम्वाद नै बिथोल्नेगरी तानाशाही प्रवृति देखाउदै एकतर्फी ढंगले सीमांकनमा देखिएको समस्या समाधान गर्न भनि बनाएको राजनीतिक संयन्त्रले हामी आन्दोलनरत पक्षहरुको माग सम्बोधन नगर्ने भएकोले यस्तो राजनीतिक संयन्त्रलाई मोर्चा अस्विकार गर्दछ।’ विज्ञप्तिमा लेखिएको छ।

विज्ञप्तिमा मंगलसिद्धि मानन्धर, संघीय समाजवादी फोरम, नेपाल, सुरेन्द्र तिवारी, तराई–मधेस लोकतान्त्रिक पार्टी, लक्ष्मण लाल कर्ण, सद्भावना पार्टी, रामनरेश राय यादव, तराई–मधेस सद्भावना पार्टी, केशव झा, राष्ट्रीय मधेस समाजवादी पार्टी, शब्बिर खान, नेपाल सद्भावना पार्टी र परमेश साह, मधेशी जनअधिकार फोरम, (गणतान्त्रिक)ले हस्ताक्षर गरेका छन्।
भारतको अाैपचारिक निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा अोली अाजै तीनबजे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गर्दैछन्। मोर्चासँगको विवाद समाधान गरेर दिल्ली जाने प्रधानमन्त्रीको योजना पूरा हुन सकेन।Morcha Release

Leave a Reply

Your email address will not be published.