सातामा ९१ घण्टा लोडसेडिङ (तालिकासहित)

सरकारले एक बर्षभित्र लोडसेडिङ हटाउने भनिरहे पनि नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्‍याएको छ । प्राधिकरणको नयाँ तालिका अनुसार सोमबारदेखि दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
‘यसअघि सातामा ८३ घण्टा हुँदै आएको लोडसेडिङ ९१ घण्टा पुर्‍याउन बाध्य भएका छौं,’ नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने ।
प्राधिकरणका अनुसार हाल विद्युतको माग १३ सय मेगावाट भए पनि भारतबाट आयात गरेको समेत जोडेर नेपालमा ५ सय मेगावाट मात्रै बिजुली छ । माग भन्दा झण्डै ८ सय मेगावाट बिजुली अभाव भएकाले लोडसेडिङ बढाउनु परेको क्षेत्रीले तर्क गरे ।

loadsheding

Leave a Reply

Your email address will not be published.