नेपाल यु-१९ विश्वकपको क्वाटरफाइनलमा

 NEpal
नेपाल बंगलादेशमा जारी यु-१९ विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। लगादार दोस्रो जित दर्ता गरेको नेपालले न्युजिल्यन्डको पराजयसँगै क्वाटरफाइनल यात्रा सुरक्षित गरेको हो। नेपालले पहिलो खेलमा न्युजिल्यान्डमाथि ३२ रनको विजयी हासिल गरेको थियो। दोस्रो खेलमा आज नेपालले आयरल्यान्डलाई ८ विकेटको शानदार जित निकालेको हो।

आजै भएको समूह चरणको अर्को खेलमा भारतले न्युजिल्यान्डलाई १ सय २० रनले हरायो। नेपालले समूहचरणको अन्तिम खेलमा भारतको सामना गर्दैछ। खेल सोमबार हुनेछ।

Leave a Reply

Your email address will not be published.