आयरल्यान्डसँगको विजयीमा सन्दीपको ह्याट्रिक

Nepal Criket

बंगलादेशमा जारी आईसीसी यू-१९ विश्वकपमा नेपालले आयरल्यान्डमाथि ८ विकेटले सहज जित हासिल गरेको छ । टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले नेपाल सामू १३२ रनको चुनौति दिएको थियो । दोस्रो इनिङमा नेपालले २५ ओभर ३ बलमा २ विकेट गुमाइ उक्त लक्ष्य पूरा गरेको हो । खराब सुरुवात गरेको नेपालले पहिलो बलमै सन्दिप सुनारलार्इ गुमाएको थियो ।

त्यस लगत्तै अाएका सुनिल धमला र योगेन्द्रसिंह कार्कीबीच ५५ रनको साझेदारी भएको थियो । जसमा धमलाले ३५ बलमा ४ चाैक्का र १ छक्का सहित २८ रनको योगदान गरेका थिए । त्यसपछि तेस्रो विकेटका लागि अारिफ सेखसँग कार्कीको ७७ रनको साझेदारी भएको थियो । नट अाउट रही कार्कीले ८१ बलमा ८ चौक्का सहित ६१ र सेखले ३६ बलमा ५ चौका सहित ३१ रन बनाएका थिए ।

निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाई आयरल्यानडले १३१ रन जोडेको हो । नेपालका लागि सन्दिप लामिछानेले ह्याटि्रक सहित ५ विकेट लिएका छन् ।
लामिछाने नेपालका लागि ह्याटि्रक गर्ने दोस्रो खेलाडी भएका छन् । यसअघि अविनाश कर्ण उक्त रेकर्ड बनाएका थिए । यू-१९ विश्वकपमा भने नेपाली खेलाडीको यो पहिलो ह्याट्रिक हो ।
नेपालले समुह डी अन्तरगतको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published.