यी हुन् तीन लाख बराबरको छात्रवृत्ति पाउने १२ मेधावी विद्यार्थी

थारु एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले १२ जना थारु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। आवेदन दिएका ८३ जनामध्ये उत्कृष्ट १२ जना मधेवी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको टिएफएका हेमनारायण चौधरीले जानकारी दिए। उनका अनुसार संस्थाले वार्षिक तीन लाखको छात्रवृत्ति प्रदान गर्दै आएको छ। जसअनुसार प्रत्येक विद्यार्थीले २५ हजारका दरले रकम प्राप्त गर्नेछन्। हेमनारायणका अनुसार छात्रवृति नीति नियम र छनौट मूल्यांकन नियमावलीको अधिनमा रही टफाको कार्यकारी समितिले थारु बिद्यार्थीहरुको नामावली प्रकाशन गरेको हो। छनौट भएको विद्यार्थीहरुले यथासिघ्र टफाको इमेल tharusandfriends@gmail.com मा सम्पर्क गर्न आग्रह गरेको छ।

अमेरिकामा बस्ने थारुहरुको संस्था टिएफएले छात्रवृत्तिलगायत विभिन्न समाजिक काममा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ।

छात्रवृत्ति पाउनेहरुको नामावली यसप्रकार छ:

TFA Sholors

Leave a Reply

Your email address will not be published. Required fields are marked *