बाबुराम भट्टराईको प्रतिज्ञा- अन्तिम समयसम्म थारुका अधिकारका लागि लड्नेछु

Baburam 01

एकिकृत माओवादी पार्टी त्यागेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई थारुको माघी महोत्सवमा खुलामञ्चमा देखिए। एमाओवादीमा हुँदा थारुलाई निकै पछ्याउने भट्टराई पार्टी त्याग पछि पनि थारु समुदायको माघी महोत्सवमा सरिक भए। काठमाडौंको खुलामञ्मा आयोजित राष्ट्रिय माघी महोत्सव उद्‍घाटन समारोहमा भट्टराईसँगै थारु र मधेसी नेता पनि उपस्थित थिए। Baburam 02

बाबुराम भट्टराईले समारोहलाई सम्बोधन गर्दै थारु समुदायको हक अधिकारका लागि आफू लडिरहने बताए। नयाँ शक्ति निर्माणमा युवाहरको भूमिका अपरिहार्य रहेको बताउँदै भट्टराईले थारु युवाहरुलाई पनि नयाँ शक्तिको अभियनमा लाग्न आग्रह गरे। ‘नयाँ शक्ति हामी सबैको हो। यसमा तपाईँहरुको पनि साथ चाहिन्छ। थारु समुदायको हक अधिकारका निम्ति अन्तिम समयसम्म म लडिरहने प्रतिज्ञा लिन्छु,’ भट्टराईले भने।

भट्टराईले महोत्सवमा थारु संस्कृति अवलोकन गर्नुका साथै थारु परिकारसमेत ग्रहण गरेका थिए।
baburam 08  baburam 03 baburam 04 Baburam 06

Leave a Reply

Your email address will not be published.