गिता दृष्टि
सबै कुराको कार्यमूल्यांकन गरिन्छ र मूल्यांकन गर्ने सबैको आफ्नै तरिका हुन्छ। कसैले पर्व मानाएर गर्छन्, कसैले गुपचुपमा। तर यो कार्य सबै व्यक्ति, परिवार, संस्था समुदायले गर्छन्। कार्यमूल्यांकनले सबैको जीवनमा विषेश अर्थ राख्छ, त्यसैले यो धेरै महत्वपूर्ण छ। त्यसैगरी थारु समुदायमा माघ १ गतेले विशेष महत्व राख्छ। यसर्थमा कि कार्यमूल्यांकन, नयाँ कार्यको थालनी, खोजीनीति गर्ने र सफल–असफल पक्ष केलाउने, पुराना रिसराग बिर्सिएर पुनः सुमधुर सम्बन्धका लागि भातृत्व कायम गर्ने र वर्षभरिको दुःख–सुख साटेर रमाइलो गर्ने।
पुस्तौदेखि यो प्रकृया चलिआएको छ। यो वर्ष अरु वर्षको माघीभन्दा विशेष र भिन्न छ। त्यसैले ऐतिहासिक छ। देशले नेपालको संविधान २०७२ पाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र पाएको छ। यो खुद नाफासँगै देशका जनताले भूकम्प, कालोबजारी, नाकाबन्दी, राजनीतिक अस्थिरता, जम्बो मन्त्रिमण्डल, महिलामैत्री सरकारलगायतका बोनस नाफा पनि पाएको छ। तसर्थ यातिका धेरै काम कारबााहीको मूल्यांकन गर्ने जिम्मेवारी नेपालको ठूलो भूभाग आगटेर बसेका थारुहरुको पनि जिम्मेवारी बन्छ। थारुहरुले नेपालको संविधानले आफ्नो माग र मुद्दालाई राम्रोसँग सम्बोधन नगरेको भन्दै असन्तुस्ट भइ विगत पाँच महिनादेखि आन्दोलित छन्। त्यसैले यो माघी थारुहरुको आफ्नै आन्तरिक र बाह्य दुइटै कुराको मूल्यांकन गरी भाबी कार्यदिशाको खाका निर्माणका लागि कोशेढुंगा बनाउन यो माघी ऐतिहासिक छ।
पुस्तौदेखि माघी मानाउँदै आए पनि थारुहरुले पछिल्लो समयमा संगठित भएर माघी पर्व मानाउन थालेका छन्। उपत्यकालगायत देशका मुख्य शहरमा माघी पर्वलाई महोत्सवकैरुपमा मनाइएको पाइन्छ। कला संस्कृतिमा धनी थारुहरुको उक्त महोत्सवले देश विदेशका पाहुनालाई आकर्षित गरी आर्थिक, संस्कृतिक र पर्यटन विकासमा सिंगो देशलाई टेवा पुर्याएको छ। यति हुँदाहुँदै पनि राज्यले अझै थारुहरुले राष्ट्र निर्माणका लागि गरेको योगदानको अवमूल्यन गरेको अनुभव हुन्छ।
तराईका २२ जिल्लामा बसोबास गर्ने थारु समुदाय करिब १५० दिनदेखि आन्दोलनरत छन्। तर अहिलेसम्म सरकारले थारुको आन्दोलनलाई वास्ता गरेको छैन। हनिमुन पिरियड मानिएको सय दिनमा नेपालमा सरकार परिवर्तन हुन्छ। मन्त्रिमण्डल अर्को गठन हुन्छ तर यतिका दिनसम्म थारु समुदायको जायज मुद्दामाथि छलफल पनि गर्न नसक्नु थारु समुदायको कार्यमूल्यांकनलाई अपहेलना गर्नु हो। २०६२–०६३ सालको आन्दोलन जतिको भार यो आन्दोलन, मेची महाकाली मानव साङ्लो बनाएर गरेको आन्देलनको मूल्यांकन किन भएन? अथवा कसले गर्ने? कि राज्यले यी यावत कारणले थारुको मुद्दा नजायज हो वा जायज भनेर किटान गरी जवाफ दिनुपर्यो, कि अहिलेको राजनीतिक अस्थिरता हटाइ देशमा व्याप्त कालोबजारी, नाकाबन्दीलाई तोड्न निकासको बाटो खोज्नुपर्यो।
यो घडी मूल्यांकनको बेला हो। वर्ष भरीको आत्ममुल्यांन, कार्यमुल्यांकन गरी निचोड निकाल्ने बेला हो। सुखद अनि दुखद पक्ष केलाउने बेला हो। सन्तुष्ट पक्ष र रुष्ट पक्षलाई एक ठाउँमा राखेर मध्यस्थता गर्ने बेला हो। यो वर्ष देशमा धेरै ऐतिहासिक काम भए ऐतिहासिक घटना घटे सुखद दुखद दुईटै पाटोमा यो साल नेपालले धेरै गुमाएको छ धेरै पाएको छ जसरी राष्ट्रको मुल्यांकन गरी कार्यान्वयन गर्ने अभिभारा छ त्यसैसै गरी राष्ट्रबासीहरुको पनि राष्ट्रबसी भएको कारणले थारु समुदायको पनि उत्तिकै अभिभारा बन्दछ यो देशको ऐतिहासीक कार्यको मुल्यांकन गरी उचित निकास प्रदान गर्नमा।
सुखद पाटोलाई केलाउदा देशले नयाँ संविधान पायो र यो संविधान पाउनका लागी जनताले गरेको त्याग तपस्या र शहिदको बलिदानलाई सार्थक बनायो। जसरी र जुन रुपमा आए पनि देशले मुल कानुन पायो र देशलाई निकास दिनका निमित्त बाटो खोल्ने साँचो भेट्टाएको छ यो खुसीको कुरा हो जति नै दुखको समाना गरे पनि यो कुराले जनताको सम्पूर्ण पिडालाई राहत मिलेको छ। दुखद पक्षको कुरा गर्ने हो भने प्राकृतिक प्रकोप भुकम्पले देशको अर्थिक पाटोलाई तहसनहस पारेको छ, नाकाबन्दी संगै कालोबजारी व्याप्त छ, टिकापुर, विरगंज र सप्तरीमा आन्दोलनका क्रममा विभत्स घटनाहरु घटे जुन कुराले देश अनि देशवासीलाई रुवायो अझै कति ठाउँमा यो घाउ आलो छ सरकारले मलहम लगाउन सकेको अवस्था छैन।
इतिहासको सबै भन्दा दुखद र कालो दिनहरु यो देशले यो वर्षमा भोग्यो अबका अउदा दिनमा यस्तो घटना फेरी नभोग्नका निमित्त अब यो देशले यी कुराहरुवाट पाठ सिक्नु पर्छ। रुष्ट पक्ष र सन्टुष्ट पक्षलाई मिलाउनका निमित्त मध्यस्थताको भुमिका खेली जायत माग र नाजायज मागको छानविन गरी चाडो भन्दा चाडो मुल्यांकन गरी कार्यान्वन गरीनु पर्छ अन्यथा यस्तै अवस्था रहने हो भने नेपालको अर्थतन्त्र र अन्य विकासक्रम १०० वर्ष पछाडी धकेलिनुमा दुई मत छैन।यो सब अभिभाराबाट थारु लगयत सम्पूर्ण देशवासीे पन्छिन सक्दैन अब देशलाई निकास दिई विकास गर्ने कि विनास यसको मुल्यांकन गर्ने समय यहि हो।
माघी पर्व वर्षको एक चोटी आउछ आफनो व्यस्ततालाई थाती राखेर सबै एकसाथ हर्सोल्सासका साथ माघी मनाइराख्दा, अलिकति समय निकालेर अब राम्रो कामको लागी अनि आफनो कामको लागी यो वर्षको माघी पर्व देखी यस्तो कार्यको थालनी होस। वर्ष भरी गरीएका काम कारवाही अनि सफल कार्यलाई अझै अगाडी बढाउदै असफल पाटोलाई केलाउदै त्यसलाई परिपुर्ति गर्नका निमित्त बाटोहरुको पहिचान गरिनु पर्छ। आन्तरीक मनमुटाबहरुलाई विर्सिदै नयाँ सम्बन्धको लागी यो माघी पर्वलाई त्यो सुमधुर वातावण बनाउने हतियार बन्न सकोस अनि मात्रै पुर्खाहरुले यो पर्व मानाउने उद्देश्यको परिपूर्ती हुन्छ र माघी पर्व को महत्व झल्किने छ।
जुन सोच, विचार र उद्देश्यले यो पर्वलाई मानाउने गरी बनाइएको छ त्यसको औचित्य कायम गर्दै त्यसलाई थप उर्जा प्रदान गरी मनाउनु पर्छ भन्ने मान्यताका साथ यो वर्षको माघी पर्व थारु समुदायले भब्य र सभ्य रुपमा मानाई पर्वको मुलभुत उद्देश्यलाई खलल नपार्ने गरी, जाँड रक्सी खाने कुलत भित्राउने मात्र चाँड हो भन्ने बिल्लालाई गलत सवित गरी कुरीती हटाने मुक्तिको चाँड बनोस। अनि अबका आउदा दिनमा राष्टिय र अर्न्तराष्टिय रुपमै आफनो मुद्दा उठाउने थलो बनाउनु पर्छ जस्ले गर्दा एउटा इतिहास बनोस गौरवकोे पर्ब बनोस्।
यो वर्षको ऐतिहासीक माघी पर्वले देशको सम्पूर्ण दुर्गतीलाई हटाओस, जनता जनता बिच आएको दुरीलाई मेटोस, कालोबजारी र नाकाबन्दीलाई चाडै हटाउन साकोस, थारु समुदायको माग मुद्दालाई चाडै सम्बोधन गराई यो पर्व थारुको मात्र नभई सम्पूर्ण नागरीकको चाडको रुपमा मनाउन सक्ने चाडको रुपमा विकास गरी यो बर्षको ऐतिहासीक माघी पर्व भब्य अनि सम्य रुपमा मानाऔं।