रामजनम चौधरीको सम्पत्ति : १ लाख ४० हजार नगद, १५ लाख ऋण

Health minister Ram Janam Chaudhari

स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकाे आफ्नो सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख छ।

यस्तै, उनको नाममा जोशीपुर-४ मा पुख्र्यौली खेत छ भने काठमाडौँको धर्मस्थलीमा चार आना जग्गा पनि छ। सम्पत्ति विवरणमा १० तोला सुन र २० तोला चाँदी रहेको उल्लेख छ। यस्तै, मन्त्री चौधरीको एभरेस्ट बैंकलगायतका बैंकहरुमा करिब एक लाख ४० हजार रूपैयाँ नगद मौज्दात छ। उनले विभिन्न बैंकबाट रु १५ लाख ऋण लिएका छन्।

छोरा मुकेश चौधरीको नाममा टाटा सुमो गोल्ड गाडी र एउटा मोटरसाइकल रहेको पनि उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.