झापा, मोरङ र सुनसरी दुई नमुबर प्रदेश मिसिन चाहन्न : गच्छदार

विजयकुमार गच्छदार, अध्यक्ष, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
विजयकुमार गच्छदार, अध्यक्ष, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तराई मधेसमा दुई प्रदेश असम्भव रहेको स्पष्ट पारेका छन् । ‘मधेसमा दुई प्रदेश असम्भव छ । झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनै पर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत छैनन्,’ काठमाडौंमा आइतबार रिपोर्टर्स क्लवको ज्ञापन पत्र बुझेपछि गच्छदारले भने, ‘यी जिल्ला दुई नम्बर प्रदेशमा जाने सम्भावना छैन । त्यहाँ म पनि छु । दुई प्रदेशले मधेसको समस्या समाधान गर्दैन । तराईमा तीनसहित आठ प्रदेश बनाए त्यसले सबैको माग सम्बोधन गर्छ ।’

गच्छदारले झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुर जिल्लालाई समेटेर एक प्रदेश र पश्चिममा अर्घाखाँची, पाल्पा, रुकुम र रोल्पालाई बर्दिया प्रदेशबाट हटाएर कैलालीको थारु बाहुल्य क्षेत्रलाई समेटेर सीमांकन गरे समस्याको समाधान हुने दाबी गर्दै आफ्नो यो प्रस्तावमा प्रमुख दलका शिर्ष नेताहरुले अस्विकार नगरेको बताए ।

उनले भने, ‘तराईमा दुई प्रदेश हुनु पर्छ भन्ने ‘एक्सट्रिम’ सोच हो । सात प्रदेशबाट आठ प्रदेश गरेर सीमांकनमा पुनर्निर्धारणको आधार मधेसी मोर्चालाई दिनु पर्छ । यसले थारु र मुस्लिमको माग पनि पुरा गर्छ ।’

गच्छदारले सरकार निर्माणको बेला आफूसँग भएको आठ बुँदे सम्झौतामा उल्लेख सीमांकन बाहेकको सहमति पुरा भएको बताए ।

गच्छदारले आफ्नो कारणले केरुङ नाका खोल्न ढिलाई भएको भन्ने आरोपको खण्डन गरे । ‘केरुङ नाकालाई मैले विशेष प्राथमिकता दिएको छु । गल्छी देखि बेत्रावतीसम्मको सडक दुई लेन बनाउन सडक विभागले टेण्डर प्रक्रिया सुरु गरिसकेको छ । बेत्रावतीदेखि स्याफ्रुबेसीसम्मको सडक सडकले नेपाली सेनालाई निर्माणको जिम्मा दिइसकिएको छ । चीनसरकारको सहयोगमा गर्ने भनेको बाँकी काम चीनले चासो नदेखाए सरकारले नै दुई लेन बनाउँछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.