थारु मधेसीको माग पूरा नभएसम्म बन्द खुल्दैन : लेखी

lekhi

थारु नेता राजकुमार लेखीले तराई-मधेसको माग पूरा नभएसम्म बन्द नखुल्ने दाबी गरेको छन्। ‘अहिले पनि हामी मधेसी मोर्चासँगै आन्दोलनमा छौं, जबसम्म सरकारले तराई मधेशको माग पूरा गर्दैन त्यति बेलासम्म नाकाबन्दी पनि खुल्दैन’ उनले भने।

तराई मधेसमा जे जति नागरिक मारिएका छन् त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा लेखीले राखेका छन्। मधेसी पत्रकार समाज’ले आयोजना गरेको कार्याक्रममा उनले केपी ओली, कृष्ण सिटौला, भिम रावल, लेखराज भट्ट र शेरबहादुर देउवाले हत्या गराइरहेको आरोपसमेत लगाएका छन्।

कार्यक्रममा नेता लेखीले भने- सरकारले हामीसँग पटक पटक सम्झौता गरे तर आजसम्म त्यसको कार्यन्वयन भएन, अबको हाम्रो आन्दोलन वारपारको भइरहेको छ। जससम्म तराई मधेसको माग पूरा हुँदैन त्यति बेलासम्म तराई मधेस बन्द खुल्दैन। तराई मधेशमाबसोबास गर्ने थारु, मधेसीलाई भारतीय देख्नेहरु ‘मेरो पहिलो विदेश भ्रमण दिल्ली हुन्छ’ भनेर अहिले अभिव्यक्ति दिरहेका छन्। त्यसबाट पुष्टि हुन्छ कि यो देशमा वास्तविक नेपाली को हुन् भनेर?

‘टीकापुर घटनामा पहिला थारुमाथि भएको अत्याचार यहाँको मिडियाहरुले नदेख्ने र पछि अरु घटना घट्दा मात्र देख्ने?,’ उनले भने, ‘टीकापुरमाथारुहरुले इट्टाको जवाफ पत्थरले दिएको हो। त्यहाँको घटना प्रतिकुनै पछुत्तो छैन।’

Leave a Reply

Your email address will not be published.