
घटनामा थुना परेका थारु कैदीहरुको विजोग भएको छ। पक्राउ परेकाहरु कैलालीको करागारमा छन्। पुसको जाडोमा पनि करागारले ओढ्ने कुराको व्यवस्थापन नगर्दा जाडोमा रात काट्न बाध्य भएको थारु युवा स्वयंसेवकका केन्द्रीय संयोजक महावीर चौधरीले बताए।
उनका अनुसार थरुहट थारुवान संयुक्त संघर्ष समितिका नेताहरुलाई यसबारे जानकारी गराउँदा पनि ब्लांकेट/सिरक व्यस्थापन गर्न तत्परता नेदेखाएको बताए। ‘थारु कैदीहरुलाई जाडो छल्न ब्लांकेट व्यस्थापन गर्न धनिराम चौधरीलगायतका नेताहरुलाई सम्पर्क गरेर भनेँ। कसैले तदरुकता देखाएनन्,’ थारु एराउन्ड दी वर्ल्डका अध्यक्षसमेत रहेका चौधरीले भने।
उनका अनुसार बेस र कमलरी उन्मुलन समितिको पहलमा केही ब्लांकेट कैदीहरुलाई प्रदान गरिएको छ। उनका अनुसार दाङका सुरेन्द्र चौधरीले पनि व्यक्तिगतरुपमा ब्लांकेट प्रदान गरेका छन्। उनले कैदीहरुका लागि ब्लांकेट उपलब्ध गराइदिन थारु नेता तथा इच्छुक संघसंस्थाहरुलाई अपिल गरेका छन्।
