मन्त्री रामजनम चौधरीलाई वार्ता टोलीबाट हटाइयो

Tharu Lawmaker 04

थरुहट थारुवान संयुक्त संघर्ष समितिले स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई वार्ता टोलीबाट हटाएको छ। थारु सांसद समितिको संयोजक हैसितयले चौधरी वार्ता टोलीमा सहभगी थिए। मन्त्री चौधरी सरकारमा सहभागी भइ मन्त्रीसमेतको पदभार ग्रहण गरेपछि संघर्ष समितिको बिहीबार बसेको बैठकले टोलीबाट बर्खास्त गर्ने निर्णय गरेको हो। उनको ठाउँमा थारु सांसद समितिले अर्को बैठकमा नाम पेस गर्ने बताइएको छ। थारु सांसद समितिले संयोजकमा पनि अर्कैलाई राख्ने तयारी भएको बताइएको छ।

वार्ता टोली गठन 

त्यस्तै सरकारी वार्ता टोली र उच्च स्तरी वार्ता टोली गठन भएको छ। समितिले उच्चस्तरी वार्ता टोलीमा धनिराम चौधरीकै नेतृत्वमा पुरानो टोली राखेको छ। सरकारी वार्ता टोलीमा भने सात सदस्यीय गठन गरेको छ। जसमा धनिराम संयोजक र नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी, थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहित, संघीय लोकतान्त्रिक थरुहट मञ्चकी सांसद रुक्मिणी चौधरी, मालमति राना, रमेश चौधरी र थारु राष्ट्रिय मुक्ति मोर्चाको एक प्रतिनिधि सहभागी हुनेछन्।

Tharu Statement 04

Leave a Reply

Your email address will not be published.