थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठकमा ‘गफ मात्रै’

Tharu neta 02

करिब डेढ महिनापछि बसेको थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठक बिना निष्कर्ष सकिएको छ। बुधबार शंखमुलमा बसेको बैठक बिना निष्कर्ष सकिएको समितिले जनाएको छ। बैठक बिहीबार पुनः बसिरहेको छ।

बुधबारको बैठकमा ९ जना सदस्यमात्र उपस्थित थिए। संयोजक धनिराम चौधरीसहित थारु कल्याणकारिणी सभाका प्रतिनिधि, विद्यार्थी समाजका प्रतिनिधि र दुई थारु सांसद रुक्मिनी चौधरी र अमनलाल मोदी उपस्थित थिए।

बैठकमा आन्दोलनको कार्योजना भन्दा पनि गफमात्रै भएको सहभागी एक प्रतिनिधले बताए। बैठकमा सबैले आन्दोलनमा आफू मात्रै होमिएको र आफूले गरेरै आन्दोलन यहाँसम्म आएको गफ दिएको ती प्रतिनिधिले बताए। ‘बैठकमा एक त सबै नेताको सहभागिता हुँदैन। सहभागी भएकाहरु पनि एजेन्डामा नभइ गफमात्रै गर्छन्,’ नाम नराख्ने सर्तमा ती प्रतिनिधिले भने, ‘आन्दोलन कमजोर हुनुमा यी नेताहरुको कमीकमजोरी नै प्रमुख हो।’

१९ सदस्यमा जम्मा ९ जना प्रतिनिधिमात्र उपस्थित थिए। बैठक १० बजे बोलाइए पनि नेताहरु १ बजेतिर बैठकस्थल आएका थिए।

समिति र वार्ता टोलीको पुनर्गठनबारे आजको बैठकमा छलफल हुने बताइएको छ। आजके बैठकमा सांसदहरु रुक्मिनी चौधरी, अमनलाल मोदी, तेजुलाल चौधरी, गौरीशंकर चौधरीलगायत उपस्थित छन्।

Leave a Reply

Your email address will not be published.