‘थारु आन्दोलनबारे अन्तर्राष्ट्रिय जगतमा भ्रम फैलिएको छ’

Tha Ka sa

थारु कल्याणकारिणी सभाको केन्द्रीय सम्पर्क तथा प्रशिक्षण विभागले थारु आन्दोलनबारे अन्तर्क्रिया आयोजना गरेको छ। राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा थारु कल्याणकारिणी सभाका भातृ संगठनहरुलाई थारु आन्दोलन र मेची महकाली अभियानबारे जानकारी गराइएको विभाग प्रमुख राजकुमार लेखीले बताए।

सभाका भातृसंगठन थारु महिला सभा, थारु युवा सभा र थारु कल्याणकारिणी सभा उपत्यका समितिका पदाधिकारीहरुलाई चार महिनादेखि तराईमा जारी थारु आन्दोलन र जिल्लाको अवस्थाबारे जानकारी गराइनुका साथै अन्तर्क्रियात्मक छलफल भएको थियो

कार्यक्रममा विभाग प्रमुख लेखीले थारु नेतृत्वकर्ताहरु प्रभावकारी रुपले आन्दोलनमा नलागेको आरोप लगाए। उनले थरुहट थारुवान संयुक्त संघर्ष समितिमा सहभागी नेता सांसदहरु आन्दोलनमा नहोमिएको आरोप लगाए।

संविधानमा हस्ताक्षर गर्ने, सरकारमा सहभागी हुने सांसदहरुकै कारण थारु आन्दोलन बदनाम भएको उनले बताए। ‘केही सांसदहरुका कारण थारु आन्दोलन बदनाम भएको छ। थारु आन्दोलनबारे अन्तर्राष्ट्रिय जगतमा भ्रम फैलिएको छ। यो भ्रम हामीले मेटाउनुपर्छ,’ लेखीले भने।

कार्यक्रममा थाकसका उपाध्यक्ष कन्नुलाल चौधरी, महिला सभाका हरिदेबी चौधरी, युवाका सभाका अध्यक्ष कानुनलाल चौधरीलगायतको उपस्थिति थियो।

 

Leave a Reply

Your email address will not be published.