केन्द्रीय नेताहरुका कारण थारु आन्दोलन कमजोर भएको युवाहरुको आरोप

Tharu Youth National accembly

दाङको तुल्सिपुरमा आयोजित थारु युवाहरुको राष्ट्रिय भेलामा देशभरिका युवाहरुले आ-आफ्नो धारणा राखिरहेका छन्। जारी थारु आन्दोलनको कमी कमजोरी र कसरी सशक्त बनाउनेबारे युवाहरुले आफ्नो धारणा राखिरहेको बर्दियाली विकास मञ्चका अध्यक्ष सीताराम चौधरीले जानकारी दिए।

भेलामा सहभागी प्रतिनिधिहरुले आआफ्ना जिल्लाको प्रगति विवरणसमेत प्रस्तुत गरिरहेका छन्। केन्द्रीय नेताहरुका काराण थारु आन्दोलन कमजोर भएको युवाहरुले आरोप लगाएका छन्। बाँकेका सुरेश चौधरीले केन्द्रीय नेताकै कारण थारु आन्दोलन कमजोर भएको बताए। ‘हाम्रा केन्द्रीय नेताहरुको कमजोरी उत्कर्षमा पुगेको आन्दोलनमा शून्यमा झरेको छ। यसलाई उठाउन हामी युवाहरु एक भएर लाग्नुको विकल्प छैन,’ उनले भने।

त्यस्तै सीताराम चौधरीले राज्यले थारु मधेसीलाई लगाएको नाकाबन्दी भारतको नाकाबन्दीभन्दा खतरा रहेको बताए। ‘भारतले गरेको नाकाबन्दीभन्दा वर्षौंदेखि उत्पीडनमा परेका भूमिपुत्र थारुलगायत आदिबासी जनजाति मधेसी दलित पिछडा वर्गप्रति लगाएको नाकाबन्दी खतरा हो,’ उनले भने।

आइतबारसम्म चल्ने भेलाले थारु आन्दोलनका नेतृत्वकर्तालाई दबाब दिन र आन्दोलनलाई थप सशक्त बनाउन प्रशिक्षण र कार्ययोजना तयार गर्ने बताइएको छ।

कार्यक्रममा विभिन्न जिल्लाका थारु युवाहरुको उपस्थिति छ।

यो पनि पढ्नुस्:

थारु सांसदहरुले भने- सबै मिलेर आन्दोलन अघि बढाऔं

Mahabir Chaudhary

थारु मधेसीको आन्दोलन छापामार युद्धतिर जान सक्छ : महावीर चौधरी (अन्तर्वार्ता)

Tharu Youth National accembly 02

Leave a Reply

Your email address will not be published.