थारु युवाको राष्ट्रिय भेला आजदेखि, युवा सभा सहभागी नहुने

Mahabir Chaudhary

थारु युवाहरुको राष्ट्रिय भेला आजदेखि दाङमा सुरु भएको छ। दाङको तुल्सिपुरमा आयोजित राष्ट्रिय भेलामा विभिन्न जिल्लाका प्रतिनिधिहरु आउने क्रम जारी रहेको आयोजक थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले जानकारी दिए।

आज हुने उद्‍घाटनमा फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरी र थरुहट तराई पार्टी नेपालका सांसद गंगा थारु र एमाओवादीका सांसद सन्तकुमार थारुकोको उपस्थिति रहने चौधरीले बताए।

त्यस्तै कार्यक्रममा थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु युवा सभाको उपस्थिति नहरने भएको छ। युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले एक प्रेस विज्ञप्ती जारी गर्दै कार्यक्रममा सहभागी नहुने बताएका छन्। प्रयाप्त छलफल नभइ मिति र स्थान तोकिएको भन्दै कार्यक्रममा सहभागी जनाउन नसकिने जारी विज्ञप्तीमा उल्लेख छ।

त्यस्तै थारु विद्यार्थी समाजले औपचारिकरुपमा सहभागिता जनाउने निर्णय नगरेपनि समाजका केही पदाधिकारीहरु भेलामा उपस्थित जनाउँदैछन्। संगठनभन्दा पनि समाजका लागि ब्यक्तिगतरुपमा भेलामा सहभागी हनु लागेको समाजका विद्यार्थी नेताहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published.