सामा चकेवा मनाउँदै थारु चलचित्रकर्मी

Sama Chakewa_tharu festive

थारु चलचित्र तथा सांस्कृतिक संघले यस वर्ष पनि थारु समुदायको मौलिक पर्व ‘सामा चकेवा’ राजधानीमा मनाउँदैछ। थारुको पहिचान तथा कला संस्कृतिको जगेर्ना र दाजुबहिनीबीचको पबित्र नाता तथा अमर प्रेमको प्रतीकको रुपमा मनाइने यो पर्व उपत्यकामा बसोबास गर्ने थारु समुदायको घर-आँगनमा आयोजना गरिरहेको संघले जनाएको छ।

यो पर्व जमजितिय (भाइ टीकाको दिन)देखि पूर्णिमासम्म खेलिने भए पनि संघले मंसिर १२ गते शनिबार बिसर्जन गरिने कार्यक्रम रहेको बताएको छ।

Leave a Reply

Your email address will not be published.