थारु मधेसीहरु राजमार्गमा उत्रिएपछि सप्तरीमा तनाब

Tharu-andolan-639x450-639x450

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्व घोषणा अनुसार शनिबारदेखि राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । आन्दोलनकारीले पूर्व पश्चिम राजमार्गको सप्तरीको विभिन्न खण्डमा धर्ना दिएका छन् । भारदहको तीन ठाउँमा उनीहरुले धर्ना दिएका छन् । धर्ना दिन अधिकांश आन्दोलनकारी हातमा लाठी बोकेका छन् ।

पूर्व बस स्टेन्ड, पश्चिम बस स्टेन्ड तथा सदरमुकाम राजविराज छिर्ने सडकको अगाडि मोर्चा नेता/कार्यकर्ताहरुले साँझदेखि नै धर्ना दिएका छन् । धर्नाकारीले प्रहरीको ना १ झ १२५४ नम्बरको जीपमा ढुंगामुढा गरेका छन् ।

स्थानीय प्रशासनले ४ जनाभन्दा बढी भेला नहुन भनेपनि मधेसी मोर्चा, थरुहट-थारुवान संयुक्त संघर्ष समिति र मुश्लिम संघर्ष गठबन्धन समितिको आहृवानमा सयौं कार्यकर्ता राजमार्गमा आएका छन् ।

यस्तै कञ्चनरुप नगरपालिकाको कंचनपुर बेरियरमा समेत आन्दोलनकारी तथा सर्वसाधारणहरुले धर्ना दिएका छन् । रुपनीको पश्चिम बस स्टेन्ड र पूर्व बस स्टेन्ड, कल्याणपुरको बिसनपुर चोक तथा कदमाहा चोकमा पनि मोर्चाका कार्यकर्ताले धर्ना दिएका छन् ।

धर्नाका लागि गाउँ-गाउँबाट सर्वसाधारण ल्याइएको छ । बस व्यवसायीहरुले गाउँ गाउँ पुगेर सर्वसाधारण ल्याएका छन् भने धेरै गाउँबाट ट्याक्टरमा चढेर सर्वसाधारण राजमार्ग पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published.