लक्ष्मण चौधरीसहित २० जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

tharu

कैलाली जिल्ला अदालतले टीकापुरमा भदौ ७ गते वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नवालक हत्या गरेको अभियोगमा मधेशी अधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण चौधरीसहति २० जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश गरेको छ।

यसै गरी १६ वर्ष मुनि उमेर भएका एक जनालाई वालसुधार गृहमा राख्ने र १४ बर्ष मुनि उमेरका एक किशोरलाई अभिभावकको जिम्मा लगाउने आदेश गरेका छ।

जिल्ला न्यायधीश भुवन सिंह थापाको इजलाशले मुलकी ऐन अदालतीय व्यवस्थाको ११८ को देहाय २ बमोजिम २० जनालाई थुनछेक आदेश गरिएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार जगदिशप्रसाद भट्टले बताएका छन्। करन चौधरी नावालक भएको ठहरिएकाले खोजेको वेला उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाउने आदेश गरिएको उनले बताए। १६ बर्ष मुनि भएको श्रवण चौधरीलाई वाल वालिका ऐन बमोजिम वालसुधार गृहमा राख्ने आदेश भएको छ । कैलालीमा वालृसुधार गृह नभएकाले तत्कालका लागि कारगारमा कैदी भन्दा अलग कोठामा राख्ने व्यवस्था गरिएको छ।

बयानका क्रममा एकले अर्काको नाम पोलेकाले अदालतले सवैलाई पुपक्र्षका लागि थुनामा पठाउने आदेश गरेको श्रोतले बताएको छ । पुर्पक्षका लागि थुनामा पर्ने अन्यमा रामप्रसाद चौधरी,प्रेमबहादुर चौधरी,हरिनारायण चौधरी,राजकुमार कठरिया,दिलबहादुर चौधरी,सुन्दरलाल कठरिया,राम कठरिया राजेश चौधरी,बृज मोहन डगौरा,किरनलाल चौधरी,सन्तराम चौधरी, वीरबहादुर चौधरी, राम नरेश चौधरी,जित बहादुर डगौरा,संगम भन्ने सन्तोष थारु,बिश्राम चौधरी,नुरुल अलि तहाँवर अलिजागा र प्रदीप चौधरी रहेका छन्। जिल्ला अदालतवाट आदेश पछि पुर्पक्षका लागि थुनामा लगिँदै गर्दा उनीहरुले अदालत परिसरमा नारावाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published.