धनगढीमा आयोजन हुने थरूहट सभामा बाबुरामलाई रोक

baburamकैलाली जिल्ला सुरक्षा समितिले थरूहट/थारूवान संयुक्त संघर्ष समितिको असोज २० गते धनगढीमा हुने भनिएको विरोध सभामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई सहभागी हुन नदिने निर्णय गरेको छ। समिति बैठकले आइतबार उक्त सभामा भट्टराई हभागी भए भयाभह अवस्था सिर्जना हुने र अर्को हिंसात्मक घटना घट्नसक्ने सुरक्षा आँकलन गर्दै रोक लगाउने निर्णय गरेको हो।

बैठकले भट्टराईलाई असोज २० गते थरूहटको विरोध सभामा सहभागीन हुन र नआउन गृहमन्त्रालयमार्फत् आग्रह गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताएका छन्। जिल्ला तहबाट प्रमुख जिल्ला अधिकारीले डा. भट्टराईलाई जिल्लाको अवस्था चुनौतीपूर्ण र असहज रहेको जनाउँदै कार्यक्रममा नआउन आग्रह गरिसकेका छन्।

गृहमन्त्रालयमार्फत् पनि आग्रह गर्ने लिखित निर्णय गरिएको उनको भनाइ छ। कैलालीमा अझै सामाजिक मेलमिलाप र सद्भाव भइनसकेको तथा सुरक्षा चुनौती कायमै रहेको अवस्थामा असोज २० गते भट्टराई सहभागी भए भयाभह अवस्था हुने र हिंसात्मक घटना घट्न सक्ने भएकाले उनलाई रोक्न गृहमन्त्रालयमार्फत् पहल गर्ने लिखित निर्णय बैठकले गरेको छ।

‘मैले जिल्लाको असहज र सुरक्षा चुनौती रहेको बारे भट्टराईलाई जानकारी गराइसकेको छु,’ प्रजिअचापगाईंले भने। जवाफमा भट्टराईले त्यस्तो अवस्था छ र भनेको उनले बताए। टीकापुरमा साउन २८ गते राजेन्द्र महतो, अमरेश सिंह र उपेन्द्र यादवको उत्तेजित भाषणले भदौ ७ को घटना घटेको र भट्टराई सहभागी भएअ र्को ठूलो हिंसात्मक घटना घट्ने सुरक्षा विश्लेषण रहेकाले यो निर्णय गर्नु परेको चपागार्इंले स्पष्ट पारेका छन्।

अखण्ड सुदूरपश्चिम पक्षधर र थरूहट पक्षधरबीचको तिक्तता हटिनसकेकाले विरोधसभामा भयावह अवस्था हुने आंकलन गरिएको प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताएका छन्। ‘सिडिओ सा’पले फोन गरेर जिल्लाको अवस्था उल्लेख गर्दै नआउन आग्रह गरिसक्नुभएको छ, गृह मन्त्रालयमार्फत् पनि आग्रह गर्न निर्णय गरेर पठाएका छौँ,’ उनले भने।

Leave a Reply

Your email address will not be published.