राजधानीका थारु महिलाले जितिया पर्व मनाउँदै

Press Meetकाठमाडौं उपत्यकामा बस्ने थारु महिलाहरुले जितिया पर्व मनाउने भएका छन् । जितिया मूल आयोक समितिले सोमबार राजधानीको जमलस्थित नाचघरमा विशेष साँस्कृतिक कार्यक्रमसहित जितिया पर्व मनाउन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । कार्यक्रमको उद्घाटन पूर्व उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले गर्नेछन् ।

थारु महिला समाज र थारु महिला सभाद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा थारुको परम्परागत भेषभुषा, पहिरन र नाचगान देखाइने मूल आयोजक समितिका संयोजक सरस्वती चौधरीले बताएकी छन् । उनका अनुसार राजधानीमा बस्ने करिब १५ सय थारु महिलाहरु उपस्थित भएर जितिया पर्व मनाउँदैछन् ।

जितिया पर्व तराईमा बसोबास गर्ने थारु महिलाको प्रमुख पर्व हो । यसलाई जितमहान ब्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन थारु समुदायका महिलाहरुले मनाउने गर्छन् । छोराछोरीको सुखशान्ति र चिरायुको कामना गर्दै महिलाहरुले उपवास र प्राचीन विधिद्वारा पूजा गरेर यो पर्व मनाउँन् । पर्व नजिकिएपछि थारु महिलाहरु जितिया मनाउन माइती जाने गर्छन् । माइती जान नसकेकाहरु घरमै जमघट भएर शुभकामना अदानप्रदान गरी जितिया मनाउँछन् । यो पर्व मध्य तथा पूर्वी तराईका थारुहरुले मनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.