मधेसी मोर्चाले असहयोग आन्दोलन थाल्ने

Madhesi Morchaनयाँ संविधानप्रति असहमति दर्शाई आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अबदेखि असहयोग आन्दोलन थाल्ने निर्णय गरेको छ । रौतहटको गौरमा आज बसेको मधेसी मोर्चाको बैठकले राज्यलाई कर नतिर्न जनतासँग आह्वान गर्दै असहयोग आन्दोलन थाल्ने निर्णय गरेको हो ।
बैठकपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादवद्वारा जारी संयुक्त विज्ञप्तिमा शान्तिपूर्ण, अहिंसात्मक र असहयोग आन्दोलन अन्र्तगत तराई मधेसमा रहेका सरकारी कार्यालय, कर कार्यालय, वित्तीय संस्थालगायतका राजस्व बुझाउनुपर्ने निकायमा राजस्व नबुझाउने निर्णय गरिएको उल्लेख छ ।

साथै, विज्ञप्तिमा हालै राज्य वा राज्यद्वारा प्रायोजित निकायहरुले बन्द गरेको हिन्दी प्रसारण सेवालाई खुला गर्न पनि माग गरिएको छ । उक्त बैठकले तीन प्रमुख दलसँग भएको अनौपचारिक वार्ताको समीक्षा पनि गरेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published.