राजेन्द्र महतो भन्छन्- आन्दोलन वारपारको लडाइँ

Madhesi Morcha

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक मंगलबारबाट सप्तरी सदरमुकाम राजविराजस्थित एक निजी निवासमा जारी छ । नेताहरु पुग्न ढिला भएपछि मंगलबार अबेर राति साढे नौ बजे मात्र बैठक सुरु भएको थियो । हिजो रातिको सत्रमा ४० दिनदेखि जारि आन्दोलनको समिक्षा तथा सरकारी वर्ताको आह्वान र सरकारी प्रतिनीधिहरुसँगको अनौपचारिरक वर्ताहरुबारे समिक्षा भएको बैठकका एक सहभागीले बताए ।

मधेस थरुहटको मुख्य  मुद्दाहरुमा तीन ठूला दलहरु अझै सकारात्मक नभएको, आन्दोलनलाई तुहाउन हलुका ढंगले प्रस्तुत हुने गरेको निष्कर्ष निकाल्दै आन्दोलनलाई अझै सशक्त बनाउने कुरामा मोर्चा एकबद्ध भएको फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साहले बताए । ‘थप आन्दोलनको प्रारुप र मधेस आन्दोलनमा सहभागि अन्य दल र शक्तिलाई मोर्चामा समावेश गराई मोर्चालाई बिस्तार गर्ने विषयमा आज ९ बजे देखि बस्ने मोर्चाको बैठकमा छलफल हुने छ,’ साहले भने ।

बैठकमा मोर्चाले वर्ताका लागि पुरानै अडानहरु दोहराउने संकेत गरेका छन् । सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने, आन्दोलन आरपारको भएको संक्षिप्त प्रतिकृया दिए । तर्राइ मधेस क्षेत्रबाट सेना लगायत थप सुरक्षा बलको फिर्ती, विगतका ८ र २२ बुँदे सम्झौताको पूर्ण कार्यन्वयनको ग्यारेन्टि, सिमांकनमा तर्राइ मधेसको सबै भागलाई समेटेर मात्र दुई प्रदेश बनाउने ग्यारेन्टीका साथ तीन दल प्रस्तुत नभएसम्म सरकारसँग कुनै वर्ताको सम्भावना नरहेको महतोले बताए ।

वर्ता बारे फोरम नेपाल केही लचकता अपनाउनुपर्ने मन्सायमा रहेका छन् भने, महतो आन्दोलनलाई अझै कडा बनाउनुपर्ने अडान  लिएकाले बैठक केहि अझै लम्बिने संकेत देखिएको श्रोतले जनाएको छ । यस्तै मोर्चामा अन्य मधेस केन्द्रित दल तथा शक्तिहरुलाई सामेल गराइ मोर्चाको विस्तार गर्ने अडानमा सद्भावना अध्यक्ष महतो छन् भने, मोर्चामै समावेश नगरी अन्य शक्तिसँग कार्यगत एकता मात्र गर्नुपर्ने अडानमा फोरम अध्यक्ष यादव रहेको श्रोतले बतायो ।

बैठकमा फोरम  नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणुकुमारी यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र उपाध्यक्ष नवलकिशोर साह, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष हृदयेश त्रिपाठी तथा तराई मधेस सद्भावन पार्टीका अध्यक्ष महेन्द्रराय यादव तथा महासचिव रामकुमार मण्डल सहभागी छन् ।

ekantipurबाट साभार

Leave a Reply

Your email address will not be published.