विश्वभरिका मधेसी-थारुले कालो दिन मनाउँदै, कालो झन्डाले पोतियो समाजिक सञ्जाल

Kalo din

नयाँ संविधानको विरोधमा आज नेपालसहित विश्वभरिका मधेसी-थारुले कालो दिन मनाउँदैछन्। नयाँ संविधान मधेशी–थारु–मुस्लिम–आदिवासी–जनजाति विरोधी रहेको भन्दै संविधान जारी हुने दिन आज कालो दिनका रुपमा मनाउँदैछन्।

मधेश–थरुहटमा सर्वसाधारणले कालो पट्टी बाँधेर तथा घरमा कालो झण्डा झुण्डियाएर कालो दिन मनाउँदैछन्।

साँझ मधेशका जिल्लाहरुको सदरमुकाममा पनि प्रदर्शन हुने मोर्चाहरुले जनाएको छ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संयुक्त थरुहट मधेशी मोर्चा, थारु संघर्ष समिति, मुस्लिम गठबन्धनहरुको संयुक्त आह्वानमा कालो दिनसँगै संविधान जलाउने कार्यक्रम तय गरेका छन्। थारु मधेसीहरुले आज ५ बजे माइतीघर मन्डलामा विरोध प्रदर्शन गर्ने जनाएका छन्।

नेपाल सरकार र तीन दलले नयाँ संविधान जारी गर्ने दिन आज दिपावली मनाउन आह्वान गरेको छ। तर मधेश–थरुहटमा घरघरमा कालो झण्डा गाडिएको छ।

कालो भित्ता पोतेर समाजिक सञ्जालमा विरोध

FB black

मधेसी–थारुहरुले समाजिक सञ्जालमा कालो झन्डा पोतेर विरोध जनाइरहेका छन्। उनीहरुले फेसबुक-ट्विटरका प्रोपाइल फोटो र वालमा कालो रंग पोतेर विरोध जनाइरहेका छन्। आज बिहानैदेखि समाजिक सञ्जालका भिताहरु कालो देखिएको छ।

विश्वभरिका मधेसी-थारु कालो दिवस मनाउँदै

Black-day-1

आज अमेरिकामा मधेसी–थारु–जनजाति संयुक्त रुपमा कालो दिन मनाउँदैछन्। विशेष कार्यक्रमरी उनीहरुले कालो दिन मनाउन लागेका हुन्।

त्यस्तै भारतको बेंगलुर र दिल्लीमा पनि कालो दिन मनाइँदैछ। यता बंगलादेशमा रहेका मधेशीहरुले पनि कालो दिन मनाउँदैछ। त्यस्तै, लण्डन, अस्ट्रेलीयासहित विश्वका विभिन्न देशमा रहेका मधेसीहरु कालो दिवस मनाउँदैछन्।

Leave a Reply

Your email address will not be published.