भारतीय दूतावासबाट निरास फर्किए मधेसी नेताहरु

S Jaya Sankar

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु निकै उत्साहित भएर शुक्रबार भारतीय दुतावास पुगेका थिए । तर भारतीय विशेष दुत एस.जयशंकरलाई भेटेर निरास भएर फर्के । भारतीय दुतावासमा भएको भेटघाटमा मधेशी मोर्चाका चार जना नेताहरु सहभागी थिए, उनीहरुले आफ्ना माग र समस्या बारे जानकारी गराए । तर विशेष दुत जयशंकरले कुनै विश्वास दिलाएनन् । जयशंकरले आफू सबैको कुरा सुन्न मात्र आएको जवाफ मधेशी नेताहरुलाई दिए ।

भेटघाट पछि तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र प्रसाद यादवले हुलाकी न्यूजसँग भने, ‘हामीले मधेशमा जारी आन्दोलनको बारे जानकारी गराएँ । मागहरुका सम्बन्धमा विस्तृत कुरा राखे ।’

विशेष दुतले के प्रतिक्रिया दिए भन्ने प्रश्नमा यादवले भने,‘उहाँको खासै प्रतिक्रिया आएन । हाम्रो कुरा सुन्न भयो । जवाफ केही आएन ।’
शुक्रबार विहान मधेशी मोर्चाका नेताहरु निकै उत्साहित बनेका थिए । हुलाकी न्यूजसँगको कुराकानीमा आज केही निस्कर्षमा पुगिने प्रतिक्रिया मोर्चाका नेताहरुले दिएका थिए ।

तर भारतीय विशेष दुत नेपाल र्ओलेलगतै केपी ओलीसँग भेटे पछि मधेशी नेताहरु निरास भएको देखिए ।

भारतीय पक्षले तीन दल र मधेशी मोर्चाको वार्ता गराउने आश्वासन दिएको थियो । तर जयशंकरको प्रभाव तीन दलका नेताहरु सामु पर्न नसकेपछि वार्तामा अलमल देखिएको हो ।

हुलाकीन्युजबाट

Leave a Reply

Your email address will not be published.