नाकाबन्दी र सरकारी कार्यालय ठप्प पार्ने मोर्चाको निर्णय

Madheshi-morchaसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विहीबार बसेको बैठकले नाकाबन्दी कडा पार्दै बाटो घाटो पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ। भैरहवामा भएको मोर्चाको बैठकले सरकारी कार्यालय पूर्णरुपमा ठप्प गर्ने तथा गाउँस्तरमा रहेका कार्यालयहरु पनि बन्द गराउने निर्णय गरेको हो।

त्यस्तै आन्दोलनलाई सशक्त पार्न आन्दोलनमा रहेका अन्य समूहहरुसँग पनि सहकार्य गर्ने निर्णय गर्दै सरकारले वार्ताको सर्त पूरा नगरेसम्म वार्तामा नबस्ने निर्णय गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन्।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठकमा पुरानै अडानहरुका विषयमा छलफल भएको बताए । यादवले आन्दोलनलाई थप शसक्त बनाउन कार्यक्रमहरु तय गरिएको जनाए। बैठकमा मोर्चामा सहभागी सबै दलका अध्यक्षहरु उपस्थित रहेका थिए।

-hulakinews

Leave a Reply

Your email address will not be published.