आन्दोलनरत पक्षलाई वार्तामा आउन अन्तिम अवसर

tin neta

सीमाङ्कनप्रति असन्तुष्ट बिभिन्न दल तथा समुहको माग बारे प्रमुख दलका शीर्ष नेताहरुले भोलि सम्बोधन गर्ने भएका छन् । राजधानीको नयाँ बानेश्वरस्थित संविधानसभा परिसरमा आज बसेको कंग्रेस, एमाले र एकीकृत माओवादीको बैठकमा सो बारे छलफल भएको हो । संविधान बिधेयकमाथि संसोधन प्रस्ताव प्रस्तुत भएपछि भोलि बस्ने संविधानसभा बैठकबाट असन्तूष्ट समुहको मागबारे शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी गरेका हुन् ।

१६ बुँदे सहमति देखि एउटै गठबन्धनमा रहँदै संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको मागलाई प्राथमिकतामा राख्दै दलहरुले सहमतिमा आउन भोलीको सम्बोधनबाटै आग्रह गर्ने भएका हुन् । बैठकपछि एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणी पोख्रेलले आजको बैठकमा असन्तुष्ट समुहको माग कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल केन्द्रित रहेको जानकारी दिए।

कम्तीमा थारु समुदायको माग सम्बोधन गर्दै संविधान निर्माण प्रक्रियालाई सहज बनाउने बारे प्रमुख दलहरु सकारात्मक रहेको उहाँको भनाई थियो । बैठकमै सहभागी एमाले उपाध्यक्ष बामदेव गौतमले असन्तुष्ट समुहसँग वार्ता नहुने बताउदै भदौं २९ गतेभित्र संविधान जारी गर्ने गरी तयारी तिब्र भएको जानकारी दिए।

संविधान निर्माणप्रति असन्तुष्टि जनाउदै राप्रपा नेपाल समेत प्रक्रियाबाट अलग भएको घोषणा गरेपछि प्रक्रियाबाट बाहिरिने दलको संख्या ११ पुगेको छ । तराई मधेश केन्द्रित सम्पूर्ण दलहरुले यसअघि नै प्रक्रियाबाट अलग भएको घोषणा गरिसकेका छन् ।

तीन दलको संयुक्त अपिल

Three-Party-Statement

Leave a Reply

Your email address will not be published.