हामीसँग संविधान नभएको होइन। हामी नयाँ राष्ट्र पनि होइनौं। तर यसअघि संविधानले देशको विविधतालाई सम्बोधन गर्न सकेन। त्यही भएर २०६२-६३ सालको आन्दोलन भएको हो। जुन आन्दोलन माओवादीमा मात्र थिएन। कांग्रेस एमाले पनि सामेल थियो। मधेसी, थारु दलित सबै सहभागी भएको आन्दोलन थियो। भन्ने हो भने सबै आन्दोलनकारी एक ठाउँमा आए। तर राज्य भने राजा कहाँ थियो। जसका विरुद्ध सबैले संयुक्त आन्दोलन गर्यो।
अहिले संविधान आउनु नआउनुभन्दा पनि आन्दोलनकारीको संयुक्तता पहिलो आवश्यकता हो। ६२-६३ को आन्दोलन पनि संयुक्तताले सफलता पाएको थियो। यसको पहल जति चाँडो गर्न सक्छौं, मागको पहल त्यति छिटो हुनसक्छ। आन्दोलनकारीको संयुक्तता कसरी हुन्छ त? जो जो आन्दोलनमा छन् सबैले एउटा घोषणा पत्रामर्फत् यो संविधान कस्तो बन्न गइरहेको छ सोबारे निर्णय गर्न जरुरी छ।
उहाँहरुले राजा महेन्द्रले १९ सालमा संविधान ठान्नुभयो होला, जुन लड्दालड्दा ४६ सालमा मात्र छुडाउन सफल भयौं। त्यो होइन। अहिले ल्याउने संविधान भनेको राजा ज्ञानेन्द्रले गरेको निर्वाचनजस्तो भइरहेको छ। हामीले शास्त्रले होइन अस्त्रले जोड्नुपर्छ। किनकि संविधान बनाउने कुरा ठूलो होइन, मनाउने कुरा ठूलो हो। तर उहाँहरुले बनाइरहनुभएको छ मनाइरहनुभएको छैन। मनाइरहेको भए सायद हामी यहाँ बसिरहनुपर्ने स्थिति हुँदैनथ्यो होला।
किन थारु आन्दोलन, किन टीकापुर, किन वीरगन्ज हुन्थ्यो। अहिलेको आन्दोलन अधिकारको खोजीको आन्दोलन हो। जब राज्यले अधिकारको संविधान बनाउँदैन त्यो संविधान हुन सक्दैन। राज्य ६२-६३ सालभन्दा अघिको जस्तो भयो। राज्य अधिकार दिँदैन भने इन्कार गर्छ भने त्यो जनताको हुँदैन। लोकतान्त्रिक हुँदैन। त्यसैले राज्यकोसँगको लडाइँ अझै बाँकी छ।
अधिकार खोज्नेहरुमाथि गाउँगामा गएर धरपकड गरेर आतंक मच्चाइँदैछ। एउटा कुनाको निर्दोष थारु परिवारले मलाई प्रहरी, सेना आएर केही गर्छ कि, राज्य आएर केही गर्छ कि भनेर उसको शान्तिपूर्ण जीवन बिताउने अधिकार खोसिएको छ। हरेक गरिब थारु परिवार आज आतंकित बनेको छ। कसले गरेक छ त राज्यले गरेको छ। त्यसकारण राज्य स्वयं अधिकार दिन चाहेको छैन। यो संविधान नमान्ने ठूलो जमात आन्दोलनमा छ। उनीहरुको समर्थन बिना यो संविधानले वैधानिकता पाउँदैन। त्यसैले उहाँहरुले बनाउने भन्दा मनाउने संविधानतिर अघि बढ्नुपर्छ।
अबको १५ दिन एकदमै महत्पूर्ण हुनेछ। अहिले थारु र मधेसीहरुको ठूलो संख्या सीमा पारि जाँदैछ। असुरक्षित महसुस भएरै उनीहरु सीमा पार गइरहेका हुन्। राज्य आतंककारी भएपछि जनताहरु देशमा बस्न सक्दैनन्। त्यही भएर यो संविधानको खत्रा कहाँ कहाँ त्यसलाई तपाइँहरुले देखाउनुस्। यो आन्दोलनको जग १२ बुँदेबाट भएको हो। त्यसलाई अहिले ल्याउनैपर्छ। त्यो नल्याएर समस्या समाधान हुन सक्दैन।
(थारु एराउन्ड दी वर्ल्डले आयोजना गरेको संविधान निर्माणको वर्तमान परिपेक्षमा थरुहट आन्दोलन र सम्भावित निकास विषयक अन्तर्क्रियामा पूर्वसभामुखको मन्तब्य)