थारु सभासद् प्रधानमन्त्री निवासमा, आन्दोलनको राजनीतिक निकास खोज्न चार दल सहमत

Senior leaders during a meeting between four political parties Nepali Congress, CPM (UML), UCPN (Maoist) and Madhesi Janadhikar Forum (Loktantrik) chair by the Prime Minister Sushil Koirala held at PM’s Official Residence, Baluwatar, Kathmandu on Sunday. Photo: Kumar Sheathe/RSS

टीकापुरमा भइरहेको दमनबारे जानकारी गराउन संविधानसभामा प्रतिनिधित्व जनाउने थारु सभासद्हरु प्रधानमन्त्री निवास बालुवटार पुगेका छन्। प्रदर्शनकारीमाथिको दमन र थारु सभासद्लगायतका घरमा आगजनीको खबर पाएपछि उनीहरु प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण गराउन बालुवाटार पुगेको फोरम लोकतान्त्रिकका सभासद् रामजनम चौधरीले जानकारी दिए।
उनका अनुसार टीकापुर एक समूहले थारुका घरमा तोडफोड गर्नुका साथै आगजनी गर्दै हिँडेका छन्। बैठकमा शीर्ष दलका नेताहरुको पनि उपस्थिति छ।

त्यस्तै प्रमुख चार दलबीच थारु समुदायको आन्दोलनको राजनीतिक समाधान खोज्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चार दलको बैठकले टीकापुरमा भएको हिंसात्मक घटनाबारे छलफल भएको थियो। बैठकमा कांग्रेस र एमालेका नेताहरु प्रशासनिक रुपमा समस्या समाधान गर्ने पक्षमा उभिएका थिए।

तर, एमाओवादीले हिंसात्मक घटना जे भए पनि आन्दोलनको मूल उद्देश्य राजनीतिक भएको बताएको थियो। बैठकमा सरकारले शान्ति सुरक्षा कायम गर्ने र शीर्ष नेताहरुले नै राजनीतिक निकासका लागि पहल गर्ने सहमति भएको छ।
साथै शीर्ष नेताहहरुले नै सामाजिक सद्भाव कायम राख्न अपील गर्ने सहमति पनि भएको छ।

One thought on “थारु सभासद् प्रधानमन्त्री निवासमा, आन्दोलनको राजनीतिक निकास खोज्न चार दल सहमत

  1. Ye mero budha ba marnu aghi kehi ta ramro kaam garera janusna… sayad swargai paunu hunthyo ki… plz yo hamro sano desh lai yo pida bata chutkara dilayera janus na…

Leave a Reply

Your email address will not be published.