लखन चौधरी/कैलाली
साउन २१ गतेदेखि पालैपालो तथा दोहोरो आमहड्ताल गर्दै आएका कैलालीका दुई परस्परविरोधी आन्दोलनकारीहरुबीच आज सोमबार कैलाली जिल्लाभरि यातायातका सम्पूर्ण सवारी साधनहरु चल्न दिने सहमति गरेका छन्।
कैलाली–कञ्चनपुरसहित थारु बाहुल्य जिल्लाहरुलाई थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै आएको थरुहट/थारुवान संयुक्त संघर्ष समिति र मौजुदा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रलाई नै एक प्रदेश बनाउनु पर्ने माग गर्दै आएको अखण्ड सुदूरपश्चिम संघर्ष समितिबीच उक्त सहमति भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा डिएसपी विश्वराज खड्काका अनुसार जिल्ला प्रशासन कार्यालयको रोहवरमा मध्यरातमा उ दुई आन्दोलनकारीहरुबीच यातायातका साधनहरु चल्न दिने लगायत विषयमा सहमति भएको छ।
साथै दुबै पक्षबाट गरिने सबै प्रकारका कार्यक्रममा कुनै पनि पक्षबाट एक अर्काको कार्यक्रमलाई बाधा अवरोध नगर्ने र सामाजिक सद्भाव खलबलिने गतिविधि एवम् अभिव्यक्ति कुनै पनि पक्षबाट नगर्नेमा पनि दुई पक्षबीच सहमति भएको डिएसपी खड्काले जानकारी दिए।
आज कैलाली सदरमुकाम धनगढीमा थरुहट संयुक्त संघर्ष समितिले बृहत आमसभाको आयोजना गरेको छ। उक्त आमसभामा विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुबाट सम्बोधन हुने कार्यक्रम तय गरिएको छ। थारु कल्याणकारिणी सभा कैलाली सचिव माधव चौधरीका अनुसार संघीय समाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता अशोक राई, नेकपा–माओवादी पार्टीका केन्द्रीय सचिव देव गुरुंग, फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र थापा, थरुहट तराई पार्टीका केन्द्रीय उपाध्यक्ष गंगा थारु, आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नागेन्द्र कुमाल, थारु कल्याणकारी सभा केन्द्रीय अध्यक्ष धनिराम चौधरीलगायत नेताहरुबाट सम्बोधन हुने भएको छ। आयोजकले आमसभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
उक्त दुई बुँदे सहमति हुनु पूर्व अखण्ड सुदूर पश्चिम संघर्ष समितिले थरुहट संघर्ष समितिद्वारा आयोजना गरिएको आमसभालाई लक्षित गरी पुनःआमहड्तालको घोषणा गरेको थियो। उक्त संघर्ष समितिले केहि दिनअघि जिल्लाकै टीकापुर नगरपालिकामा थरुहट पक्षले आयोजना गरिएको आमसभामा मधेसी दलका नेताहरुले सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको भन्दै एक प्रेस विज्ञप्ती जारी गरी अनिश्चितकालीन आमहड्तालको घोषणा गरिएको थियो।
बाहुन क्षेत्रे देखि होसियर !!!
Akhande haru sang hamro kehi sarokar xain. Uniharu pahad akhand rakhun hami terai.
Yo sadayantra ho sanjhauta na hunu parthyo tharuhart
संघिय समाजवादी फोरम, नेपाल का वरिष्ठ नेता तथा संसदीय दलको नेता अशोक राई l वहा प्रवक्ता हैनन l