सीमांकन नसच्चिए आन्दोलन अझ चर्काउने चेतावनी

  Dhanagadhi Protest 01

धनगढी- थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कैलाली, कञ्चनपुरलाई तराईका जिल्लामा गाभेर थरुहट स्वायत्त प्रदेश बनाउन माग गर्दै आइतबार पनि धनगढीमा विरोध प्रदर्शन गरेको छ। क्याम्पस चौकबाट सुरु भएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो।

Dhanagadhi Protest 02

कोण सभालाई नेकपा–माओवादीका नेप बहादुर चौधरी, संघीय समाजवादी फोरमका शुशिला चौधरी लगायतले सम्बोधन गर्दै ६ प्रदेशको सीमांकन सच्याउन माग गरेका थिए। सीमांकन नसच्चिए आन्दोलन अझ चर्काउने उनीहरुले चेतावनी दिए।

यसैबीच, थरुहट पक्षधरले आइतबार मसुरियादेखि साडेपानीसम्म मोटरसाइकल तथा साइकल र्‍याली निकालेका छन्। मसुरियाबाट सुरु भएको र्‍याली साडेपानीबाट फर्केर सुखड बजारमा कोण सभामा परिणत भएको थियो।

Dhanagadhi Protest 03

कोण सभालाई पूर्व सभासद कृष्ण चौधरी, एमाओवादीका शिद्ध आचार्य, संघीय समाजवादीका जीवन राई र नेपाल विद्यार्थी संघका सञ्जु चौधरीले सम्बोधन गरेका थिए।

कोण सभालाई सम्बोधन गर्दै उनीहरुले कैलाली, कञ्चनपुरलाई पहाडका जिल्लासँग मिलाएर बनाइएको प्रदेश मान्य नहुने बताएका थिए।

Leave a Reply

Your email address will not be published.