केशरी चौधरीसहित तीन थारु खेलाडी सम्मानित

COPYRIGHT:RAJENDRACHITRAKAR-41282001

युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यानउने युवा तथा संस्थालाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मन्त्रालयले बुधबार ११ खेलाडी र अन्य ९ विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्‍यो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर सोमपाल कामी, करातेकी विमला तामाङ, तेक्वान्दोकी ज्ञानी चुनारा, पारा एथलेटिक्सका विक्रम राना, एथलेटिक्सकी केशरी चौधरी र किक–बक्सिङका दिवस श्रेष्ठ राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत भए।

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान बिनिता बुढाथोकी, एथलेटिक्सका सुनील चौधरी र प्रमिला चौधरी, कराते प्रशिक्षक सञ्जु महर्जन र ब्याडमिन्टन प्रशिक्षक रजनीमैयाँ जोशी पनि सम्मानित भइन्।

विद्यालय स्तरमा उत्कृष्ट नतिजा निकाल्ने सुनील, प्रमिला, प्रशिक्षक सञ्जु र रजनीमैयाँले जनही ५० हजार रुपैयाँ प्राप्त गरे।

बुधबार सम्मानित हुने अन्य सबैले जनही १ लाख रुपैयाँ पाएका थिए। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, खेलकुदमन्त्री पुरुषोत्तम पौडेल लगायतले युवाहरूलाई सम्मानित गरेका थिए।

यसैगरी युवा चिकित्सा वैज्ञानिकका रुपमा क्रियाशील प्रा.डा. राजीवकुमार झा, नेेपाल युवा संस्था सञ्जाल(आयोन), युवा कलाकार राजन खतिवडा, प्रथम समावेशी महिला आरोही सगरमाथा अभियान नेतृत्व गर्ने सुस्मिता मास्के, श्रमिक महिलाको अधिकारका क्षेत्रमा काम गरिरहेकी गोमावती पुन(सिर्जना)र युवा विकासमा क्रियाशील प्रदीप परियार सम्मानित भए।

‘पुनर्निर्माणमा युवाको सार्थक सहभागिता’ भन्ने सन्देशसाथ मनाइएको युवा दिवसको अवसरमा ३५ हजार मानिसबाट मानव निर्मित नेपालको राष्ट्रिय झन्डा निर्माण गरी विश्व कीर्तिमान बनाउन सफल भवेश खनाल, नेपाल अपाङ महिला संघ र साहित्य क्षेत्रबाट डा. बिन्दु शर्मा सम्मानित भइन्।

कार्यक्रममा गृहमन्त्री गौतमले संकटको बेलामा युवाले युर्यााएको योगदानको प्रशंसा गरे। उनले भने, ‘देशको रक्षा र विकासमा युवाले हरेक समय महत्वपूर्ण योगदान पुर्याएका छन्। यो उनीहरूको जिम्मेवारी पनि हो। भूकम्पका कारण देशले अप्ठेरो अवस्थासामना गर्दा हजारौं युवाले स्वतस्फूर्तरूपमा पीडितहरूलाई सहयोग गर्नुभयो। जुनसुकै पार्टी, संस्थासँग आबद्ध उहाँहरूले गरेको काम ज्यादै उत्कृष्ट छ। अब पुनर्निर्माणमा पनि युवाको सहयोग देशलाई आवश्यक छ।’

‘राष्ट्र निमार्ण र नयाँ सिर्जना गर्ने जिम्मेवारी युवाको हो। देश अहिले महत्वपूर्ण अवस्थाबाट गुजि्ररहेको छ। संघीयताका विषयमा धेरै बहस भइरहेका छन्। देश संघीयतामा अवश्य जान्छ। त्यसका लागि युवाको सहयोग र साथ आवश्यक पर्छ।’

मन्त्री पौडेलले राष्ट्रिय युवा परिषद ऐन बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको जानकारी गराए। उनले अब युवाको क्षमता र सीपलाई उत्पादन,प्रविधि र पयर्टनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए। देश विकासका लागि युवाका एजेन्डालाई देशको मूल विषय बनाइनुपर्ने पौडेलको तर्क थियो।

सम्मानपछि क्रिकेटर सोमपालले थप मिहिनेत गरेर सफलता हासिल गर्न कोसिस गर्ने बताए। उनले भने, ‘सम्मानित हुँदा खुसी लागेको छ। मेरो लागि महत्वपूर्ण सम्मान हो। जित्नका लागि हामी कडा मिहिनेत गर्छौं। तर, सधैँ त्यो प्राप्त गर्न सकिँदैन। भविष्यमा म र मेरो टिमले मिहिनेत गरेर सफलता प्राप्त गर्न कोसिस गर्नेछ।’

चिकित्सा विज्ञानको क्षेत्रबाट नेपाललाई चिनाइरहेका डा. राजीवले सम्मानितस्वरुप प्राप्त १ लाख पुरस्कारसामाजिक क्षेत्रमा काम गरिरहेका दुई संस्था दिने घोषणा गरे।उनले भने, ‘यो सम्मानले देशका लागि सक्रिय भएर काम गर्न हामीहरूलाई थप जिम्मेवारी दिएको छ। सम्मानले युवापुस्तालाई रचनात्मक काम गर्न प्रेरणा दिन्छ।’

Leave a Reply

Your email address will not be published.